बिरामीलाई बचाउन प्रहरी जवानले गरे रक्तदान

हुम्ला- बिरामीले जिल्ला अस्पताल हुम्लाकाे इमर्जेन्सी वार्डमा उपचार्थ एक महिलालाई प्रहरी जवानले  रक्तदान गरेका छन ।

सिमकाेट गाउँपालिका-२ ठेहे ४८ वर्षिय ल्वारनी रावललाई बचाउन जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी जवान जनक सिजापती मगरले रक्तदान गरेका हुन ।

ओ पाेजेटिभ रगत आवश्यक भएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी जवान जनक सिजापती मगरले रक्तदान गरेकाे  जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । रक्तदान गरेपछि बिरामीलाई उपचारमा सहज भएकाे छ ।