कोरोनाका कारण नेपालमा २२ हजार २० जनाको ज्यान गयो !

काठ्माडौ, २३ पुस । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। गत २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै देशभर मृतकको संख्या १२ हजार २० पुगेको छ।

गत २४ घण्टामा ५५५ जनाको पीसीआर परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त अवधिमा २ जना उपचारपछि निको भएका छन्। यो सँगै निको हुनेको संख्या ९ लाख ८८ हजार ९७९ पुगेको छ। हाल देशभर २१ जना सक्रिय संक्रमित छन्।