नाम्खा गाउँपालिका १ मा नेकपाको वडा कमिटी गठन फोटो (फिचर)

हुम्ला– नाम्खा गाउँपालिका–१ नम्बर वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाले वडा कमिटी गठन गरिएको छ । पार्टी एकतालाई बलियो बनाउने उद्देश्य हेप्का, धिगा,ताङ्गिन गाउँमा वडा कमिटी गठन गरेको हो ।

वडा कमिटीमा प्रेम लामाको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा हुम्लाका जिल्ला अध्यक्ष लालकेश जैसीले जानकारी दिए ।

पार्टीलाई र संगठन बलियो बनाउन तल्लो स्तरले कमिटीलाई इट्टा थप्ने काम गर्ने जिल्ला अध्यक्ष जैसीले कर्णाली रैबारसँग बताए । संगठन विस्तारले पार्टी एकतालाई अब्बल र बलियो बनाउन भरपर्दा युवाहरुको समुह गठन भएको छ ।

नेकपा हुम्लाका जिल्ला अध्यक्ष लालकेश जैसीबाट सौजन्य