ताजाँकोटमा ३०९ जनाको स्वाब संकलन गरी परिक्षण गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो

स्वाब संकलन गर्ने परिक्षणको लागि जुम्ला लिने जिल्लाकै पहिलो गाउँपालिका

 

हुम्ला–बाजुराको सीमासँग जोडिएको हुम्लाको ताजाँकोट गाउँपालिकाले क्वारेन्टीनमा राखिएकाहरुको स्वाब संकलन गरी परिक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । जिल्ला बाहिरबाट ताजाँकोट गाउँपालिका प्रवेश गरेका नागरिक र स्वास्थ्यकर्मी, होटेल व्यवसायीहको स्वाब संकलन गरी परिक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्ला लगिएको हो ।

मदना माध्यामिक विद्यालयको क्वारेन्टीनमा ८२ जना गोठेलबाडाको क्वारेन्टीनमा राखिएका ४१ जना धर्मोदय माध्यामि विद्यालयको क्वारेन्टीनमा राखेका १ सय २७ जना र जनप्रकाश माध्यामिक विद्याय भैसाबाजाँबाट ३० जना र लैयाटाबाट २९ जना गरी ३ सय ९ जनाको स्वाब संकलन गरेको छ ।

शुत्रबार कोभिड–१९को परिक्षणको लागि ३ सय ९ जनाको स्वाब गाउँपालिकाकै गाडीबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको ताजाँकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजेन्द्र स्याङकुले जानकारी दिए ।

गाउँपालिकाले आफनै बजेटबाट किट खरिद गरी क्वारेन्टीनमा राखिएका नागरिकको स्वाब संकलन गरी प्ररिक्षणको लागि जुम्ला लगिएको स्वास्थ्य शाखा संयोजक स्याङकुले बताए ।
क्वारेन्टीनमा राखिएका नागरिकहरुको स्वाब रिर्पोट नआउनजेल घर नपठाईने निर्णय भएको स्वास्थ्य संयोजक स्याङकुको भनाई छ ।

जिल्लामा किट अभाव भएका बेला ताजाँकोट गाउँपालिकाले आफै भिटिएम किट र आरडिटी किट खरिद गरी स्वाब संकलन गर्ने परिक्षणको लागि जुम्ला लिने जिल्लाकै पहिलो गाउँपालिका हो ।
लामो लडकडाउन भएपछि जिल्ला बाहिरबाट सयौ संख्यामा नेपालका विभिन्न शहर र भारतबाट मजदुरी गरी घर फर्किनेहरुको भिडभाड धेरै भएपनि अदानचुली,सर्केगाड,चखेली,खार्पुनाथ, नाम्खा गाउँपालिकाले भिटिएम किट खरिदमा कुनै चासो देखाएका छैन् ।