१० केजी चरेस सहित तीन पक्राउ

रुकुम पश्चिममा ठुलो मात्राको चरेस सहित तीन जना पक्राउ परेका छन् । जिल्लाको आठबीसकोट नगरपालिका १३ भल्मबाट १० किलो एक सय ग्राम चरेससहित तीन जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

चरेश सहित पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका ९ राडिका ४२ वर्षीय इन्द्र चन्द, सोही ठाउँका ३८ वर्षीय कर्णबहादुर शाही र सल्यान शिद्धकुमाख गाउँपालिका ढोरचौर घर भई हाल तुलसिपुर उपमहानगरपालिका ९ मा बस्दै आएका ६० वर्षीय हिक्मत बुढाथोकी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए ।

ठुलो परिमाणमा चरेस किनबेच हुन लागेको सूचनाका आधारमा कर्णाली प्रदेश ब्युरो(सिआईटी)को टीम र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको डिएसपी खड्काले बताए । चरेस सहित ४३ हजार ४ सय ४५ रुपैंया नगद, तीन थान मोबाईल, सानो तराजु दुई थान, डिजिटल स्प्रिङ तराजु एक थान, नापतौल गर्ने