प्रधानमन्त्री मा प्रचण्ड, रबि लामिछानेले कुन मन्त्रालय पाए?

 

तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले पहिलोपटक दौरा सुरुवाल लगाएर शपथ लिए । त्यसैगरी प्रधानमन्त्री प्रचण्डले आजै ३ जना उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन्। सत्तारुढ दल नेकपा (एमाले)को तर्फबाट उपप्रधानसहित अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीमा शपथ लिएका छन्।   एमालेका ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र कुमार राई तथा जनमत पार्टीका नेता अब्दुल खानले मन्त्रीको शपथ लिएका छन्। उनीहरुको मन्त्रालय तोकिएको छैन।

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुलाई पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन।