पत्रकारलाई अपशब्द बोल्ने ज्ञानेन्द्र शाही पक्राउ, पाँच प्रहरी घाईते

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयको एक टोलीले भ्रष्टाचार विरुद्धाको आफुलाई अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीलाई बुधबार पक्राउ गरेको छ ।
केहि दिन शाही अघि वीरेन्द्रनगर आएका बेला ओएस नेपाल नामक एक अनलाईन सँग कुरा गर्दै कर्णालीका पत्रकारलाई तथानाम गाली गरेका हुन् ।

शाहीले त्यतिमात्रै होइन, सामाजिक सञ्जालमा समेत पत्रकारलाई तथानाम आरोप लगाएको बताउँदै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र जिल्ला शाखा सुर्खेतले संयुक्त रुपमा शाही वि?द्धा साइबर अपराध गरेको भन्दै आवश्यक कारवाहीका लागि उजुरी दर्ता गरेका थिए ।

‘हामीले लामो समयदेखी ज्ञानेन्द्र शाहीलाइ खोज्दै आएका थियौं । आज खुलामञ्चमा आएको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिन त्यहाँ गएका थियौं ।’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले भने, ‘शान्तिपूर्ण रुपमा हामीले शाहीलाई पक्राउ गर्न खोज्दा हामी माथि नै आक्रमण भएको छ । हाम्रा पाँच जनाघाइते भएका छन् ।

’उनका अनुसार घाइतेहुनेह?मा प्रहरी निरीक्षक निराञ्जन घिमिरे, हवल्दार प्रकाश बुढा, जवानह? रामप्रसाद बर्मा, जीतबहादुर बोहोरा र हस्त सिंह रहेका छन् ।
डिएसपी क्षेत्रीका अनुसार अहिले शाही सहित अन्य ६ जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको छ । शाहीलाई काठमाडौं पठाइने छ भने अन्यलाई सार्वजनिक मुद्दा लगाइने जिप्रकाको भनाई छ