पत्रकार गिरीको रिहाइ माग गदै धर्ना गएका पत्रकारलाई रोक

पत्रकार अर्जुन गिरीको रिहाईको माग गदै ध्यान आर्कषण पत्र पेश गदै नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहोरा

हुम्ला– पोखराका पत्रकार अर्जुन गिरीको रिहाई र विद्युतिय करोबार ऐनको प्रेस स्वतन्त्रता विरोधी दफा खारेजीको माग गदै जिल्ला प्रशासन हुम्लामा एक घण्टा धर्ना दिएका छन ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको घोषणा अनुसार हुम्ला जिल्ला प्रशासन कार्यालयको मुलगेटमा धर्ना दिइएको हो ।

पत्रकार अर्जुन गिरीको रिहाईको माग गदै धर्नामा बसेका हुम्लाका पत्रकारहरुको संयुक्त तस्बिर

नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहोराको नेतृत्वमा पत्रकारिता साइबर अपराध होइन प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर भन्दै मुल नाराका साथ जिल्ला स्थित क्रियाशिल पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाललाई ध्यान आर्कषण पत्र पेश गरेका छन ।

ध्यान आर्कषण पत्र पेश गर्न गएका जिल्लाका क्रियाशिल पत्रकारलाई प्रशासन कार्यालयमा जान समेत रोक लगाइएको थियो ।  प्रमुख जिल्ला अधिकारी समक्ष नेपाल पत्रकार महासंघ हुम्ला जिल्लाका अध्यक्ष अर्जुन बोहोराले ध्यान आर्कषण पत्र प्रस्तुत गरी सकेपछि प्रशासनको मुलगेटमा एक घण्टा धर्ना दिएका छन । शान्तिपूर्ण रुपमा ध्यान आर्कषण पत्र पेश गर्न गएका जिल्लाका क्रियाशिल पत्रकारहरुलाई पुलिस प्रशासनले अनाआश्व्यक रोक लगाएको जिल्ला अध्यक्ष अर्जुन बोहोराले बताए ।

जिल्लामा क्रियाशिल नेपाल टेलिभिजन र नयाँ पत्रिका हुम्ला सम्वाददाता,नरजन तामाङ,नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहोरा,उज्यालो अनलाइनका सम्वाददाता रमेश ऐडी, राष्ट्रिय समाचार समितिका दाने बोहोरा,राजधानी दैनिक हुम्लाका सम्वाददाता मिमसिहं नेपाली, नागरिक दैनिका जनक शाही,इन्सेक प्रतिनिधी नन्द सिहं, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य छपाल लामा,रेडियो कैलाशका समाचार प्रमुख राज शाही,कचहरी दैनिकका सम्पादक कर्ण रोकाया,लगायत
पत्रकाहरुले विद्युतिय कारोबार ऐनको दफा ४७ र ४८ खारेजीको माग गदै धर्ना दिएका थिए ।