हुम्लामा गाउँपालिका हेर्न नेकपाको बन्यो कार्यदल

हुम्ला– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाले ७ वटै गाउँपालिकामा अर्को व्यवस्था नहुनजेल सम्म पार्टीको तर्फबाट स्थानीय स्तरमा समन्वय गरी प्रतिनीधित्वका लागि कार्यदल बनाएको छ ।

प्रत्येक गाउँपालिकामा ४ जनाको कार्यदल बनाएर जिम्मा लगाएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा हुम्ला जिल्लाका कार्यदलका संयोजक विजय भणडारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटि र गाउँपालिका कमिटि चयन नहुनजेल सम्मका लागि पार्टी कार्यालय देखि स्थानीय सत्ता सञ्चालनको समन्वय गर्ने जिम्मा लगाएको कार्यदलका प्रवत्ता हस्त बहादुर शाहीले जानकारी दिएका छन ।

शुत्रबार अदानचुली गाउँपालिका अन्तरगत श्रीनगरमा बसेको बैठकले जिल्ला कमिटि चयन नभएको बेलामा नेपाल कम्युनियट पार्टी नेकपा हुम्लाले कार्यदलको नाम सार्वजनिक गरेको प्रबत्ता रहेका शाहीले बताए । कार्यदलको बैठकले जिल्लाका ७ वटै गाउँपालिकामा कार्यालय स्थापना गरेको छ । अर्को कमिटि आधिकारीक रुपमा चयन नहुदा सम्म कार्यालयको जिम्मा लगाएको प्रबत्ता शाहीको भनाई छ ।

                               को को हुन कार्यदलका सदस्य ?
अब जिल्ला कमिटि चयन नहुदा सम्म ताजाकोट गाउँपालिका मा अकबिर खडका,मंगल नेपाली, अमर शर्मा, दलजित नेपाली, यस्तै गरी अदानचुली गाउँपालिकामा दीर्घ बहादुर सिह, कर्ण बहादुर रोकाया, धर्मराज शाही र जनक विष्टको जिम्मा लगाएको छ ।

भने चंखेली गाउँपालिकामा टिका शाही,उधिम भण्डारी, भारमल ब्ुढा, र अज बुढा रहेका छन । सर्केगार्ड गाउँपालिकाको जिम्मा जोशी धामी, हर्क बहादुर शाही, राजेन्द्र कार्की, र मान बहादुर थापा रहेका छन ।

यस्तै खार्पुनाथ गाउँपालिकामा प्रकाश बहादुर शाही, शत्तिसिह ऐडी, पूर्ण बहादुर रोकाया, देविसिह रोकायाको जिम्मा दिएको छ । सिमकोट गाउँपालिकाको जिम्मा कमल बोहरा, डबल रावत,महेन्द्र बहादुर शाही, र जंग बोहरा रहेका छन ।

यस्तै नाम्खा गाउँपालिकामा सोनाम लामा,लातार लामा, प्रेम लामा, र तेन्जन लामाको नाम सार्वजनिक गरेको छ । तत्कालिन नेकापा एमाले र नेकपा माओवादी बिच पार्टी एकता पक्रिया गाउँस्तरमा चलिरहेका बेला जिल्लाका ७ वटै गाउँपालिकामा स्थानीय तहको र जिल्ला कमिटि चयन हुदा सम्मको लागि गाउँपालिका पार्टी र कार्यदल व्यवस्थापनमा दैनिक काम सञ्चालनको लागि समितिको टुङ्गो लगाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)हुम्लाले जनाएको छ ।