चौबिस घण्टापछि सुत्केरीको उद्धार

दुर्गममा सुत्केरी महिलाका पिडा

हुम्ला– ताजाकोट गाउँपालिका–३ चौतारीबाडाँ स्थित एक सुत्केरीको साल अडकीएपछि हेलिककप्टरबाट उद्धार गर्नु परेको छ । ३९ वर्षीय सुत्केरी रुपशिला दमाईको साल अडकीएर चौबिस घण्टापछि हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सोमबार १ बजे नेपाली सेनाको हेलिकप्टर मार्फत उनलाई सुर्खेत प्रदेश अस्पताल लगिएको मैला स्वास्थयचौकीका अहेव लिलाराज शर्माले जानकारी दिएका छन् ।  प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराई र ताजाँकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लको पहँलमा प्रदेश अस्पतालमा लगिएको छ ।

सुत्केरी भएर साल अडकिएपछि उच्च रत्तश्रावले अचेत अवस्थामा रहेकी दमाईलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट पठाएको हेलिकप्टरबाट सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताइन् ।

पछिल्लो समयमा कर्णालीका विकट हुम्ला जिल्लाबाट सुत्केरी हुन नसकेका महिलालाई हवाई उद्धार गरेर धेरैको ज्यान जोखिएको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ ।