पत्रकार महासंघ हुम्ला शाखाका संस्थापक अध्यक्ष रोकायाको निधन

नेपाल पत्रकार महासंघ हुम्ला शाखाका संस्थापक अध्यक्ष जयबहादुर रोकायाको निधन भएको छ । सिमकोट गाउँपालिका– ५ स्थित आफ्नै निवासमा ६२ वर्षको उमेरमा रोकायाको शनिबार निधन भएको हो ।

हुम्ला जिल्लाका पत्रकारहरूको गुरुका रूपमा रहेका रोकायाले ०५८ मा नेपाल पत्रकार महासंघ हुम्ला जिल्ला शाखा स्थापना गरेका थिए । पत्रकार रोकाया बेदनु पत्रिकाबाट पत्रकारिता पेसामा संग्लन हुँदै झन्डै पाँच दशकसम्म पत्रकारिता पेसामा आबद्ध हुँदै आएको पत्रकार कर्ण रोकायाले जानकारी दिए ।