नेपाली सेनाद्धारा क्याम्पसको धारो निर्माण

हुम्ला नेपाली सेना रानीवनब्यारेकले निर्माण गरेको खानेपानीधारो मानसरोवर बहुमुखीक्याम्पसलाई नेपालीहस्तान्तरण गरेको छ ।  नेपाली सेनाको नयाँ भैरव दलगुल्म रानीवनद्धारा क्विक इम्प्याक्ट कार्यक्रमअन्तगर्त ३ लाखको लागतमानिर्माण भएको २ हजार ५ सय लिटर क्षमताको रिजर्भ ट्यांकी र ३ वटा धारा एक कार्यक्रमका बिच क्याम्पसलाई हस्तान्तरण गरिएको गुल्मका गुल्मपती निश्चल पाठकले जानकारी दिए ।
खानेपानीको धारो हस्तान्तरण कार्यक्रममाबोल्दै सहायक प्रमुख जिल्लाअधिकारी महेशकुमार ंपोखरेलले नेपाली सेना सामाजिक काम जहिले तलिन रहेकोे प्रशंसा गरे। मानसरोवरको प्रवेशद्धार हिल्सानाकामा हेलिप्याड र धार्मिक तिर्थस्थल खार्पुनाथमा शौचालय निर्माण गरेर राम्रो गरेको भन्दै अधिकारी पोखरेलले जिल्ला सदरमुकाम सिमकोट रहेको क्याम्पस खानेपानीको धारो नहुुदा सेनाले अर्को राम्रो काम गरेको दावी गरे ।

कार्यक्रममाजिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत,सिमकोट गाउँपालिकाअध्यक्ष पदमबहादुर लामा,उपाध्यक्ष बली रावतलगायतका वक्ताले सेनाको कामको चर्चा गरेकाथिए ।