पत्रकार बोहराको उपचारमा कर्णाली प्रदेशको सहयोग गर्न अपिल


नन्द सिहं

हुम्ला–नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहरा मस्तिष्क घातका कारण गम्भीर विरामी भई काठमाडौंको बाँसवारीस्थित न्यूरो अस्पतालको आइसिसियू कक्षमा उपचाररत छन ।

बोल्न र हिडडुल गर्न नसक्ने अवस्था नरहेपछि बेहोस अवस्थामै अध्यक्ष बोहरालाई उपचारका लागि काठमाडौं ल्याइएको नेपाल पत्रकार महासंघका महासचिव दिपेन्द्र शर्माले जानकारी दिए ।
दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका अध्यक्ष बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा उपचारका लागि आर्थिक समस्या परेको छ ।

उनको उपचारमा सहयोगी हातहरूको खाँचो छ । अतः अध्यक्ष बोहराको उपचारमा आर्थिक सहयोग गर्न इच्छुक सहृदयीलाई उनका दाजु विष्णु बोहराको नाममा राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०००४९२७१० मा सहयोग रकम जम्मा गरिदिनुहुन नेपाल पत्रकार कर्णाली प्रदेश समितिले अपिल गरेको छ ।

हुम्ला,रुकुम पश्चिम,सल्यान, सुर्खेत,दैलेख कालिकोट, जुम्ला, मुगु र डोल्पा शाखा अपिल समेत गरिएको महासचिव शर्माको भनाई छ ।