पत्रकार शर्माको उपचारका लागि हुम्लाबाट ८४ हजार सहयोग

सिमकोट । बोनम्यारो रोगबाट ग्रसित दैलेखका पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि हुम्ला बाट ८४ हजार ७ सय रुपैयाँ सहयोग जुटेको छ ।

आर्थिक अभावले उपचारमा ढिलाइ भएपछि नेपाल पत्रकार महासंघ हुम्लाले शुरु गरेको पत्रकार शर्मा बचाउँ अभियानमा उक्त रकम संकलन भएको हो । महासंघ हुम्ला शाखाले शुचारु गरेको अभियानका क्रममा जिल्ला सदरमुकाम सिमकोट बजारमा व्यवसाय गर्दै आएका पसल होटल, सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख, स्थानीय वासिन्दा सर्वसाधरणबाट उक्त रकम संकलन गरिएको हो ।

अभियानमा संकलन भएको ८४ हजार ७ सय रकम महासंघ हुम्ला शाखाले पत्रकार शर्माको सेन्चुरी बैंक सुर्खेत शाखामा भएको खाता नम्बर ०८८००००५१८ पठाएको पत्रकार महासंघ शाखा हुम्लाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए ।
उनका अनुशार सहयोग रकम विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट प्राप्त भएको हो । अभियानबाट उठेको रकम एक कार्यक्रमका बिच महासंघले सिमकोटमा सार्वजनिक गरेको थियो । रकम सार्वजनिक कार्यक्रमलाई संवोधन गर्दै प्रमूख जिल्ला अधिकारी विनिता भटटराईले पत्रकार राष्ट्रको चौथो अंग भएकाले पत्रारसँग प्रशासन सँधै सहकार्य गर्न तत्पर रहेको बताइन् । पत्रकार शर्माको स्वास्थ्यलाभको कामना गरेकी अधिकारी भटटराईले पत्रकारीतामा सधैभरी सत्तापक्ष र प्रतिपक्षकै भुमिका जस्तो देखियता पनि पत्रकारले राज्यको विकासमा सहयोग पुराएकोमा धन्यवाद ज्ञापन गरिन ।

पत्रकार तेस्रोआँखा भएको बताएका नेपाली कंग्र्सका जिल्ला सभापती जयपति रोकायाले सधै विपक्षमा रहेर भएका नभएका कामहरुलाई बाहिर ल्याउने कामको प्रशंशा गरे । उनले विरामी भएका पत्रकार शर्माको स्वाथ्य लाभको कामना समेत गरे ।

कार्यक्रममा नेकपाका कार्यालय सचिव कमल बोहरा लगायथका वक्तहरुले पत्रकार शर्माको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।