कृषि क्यामपस रामघाटमा ३ दिनदेखि तालाबन्दी

सुर्खेत,९ असोज । कृषि  तथा वनबिज्ञान्  संकाय रामघाटमा ३ दिन देखि ताला बन्दी भएको पाइएको छ ।

मध्यपस्चिम बिस्वबिध्याल अन्तर्गत सुर्खेतको रामघाटमा रहेको कृषि तथा बन बिज्ञान् संकायमा अध्यनरत बिध्यार्थिले एक सुत्रिय माग राख्दै क्यामपसको मुल गेटमा ताला बन्दी गरेका हुन । रामघाट्मा बिध्यार्थिको लागि भौतिक संरचना अभाव, प्रयोगात्मक स्रोतको अभाव , बिध्यार्थिलाई बस्न असुरक्षा भएको , खानेपानी लगाएतका अत्याबस्यक सेवा सुबिधाको कमि लगाएतका कारण बिरेन्द्रनगरमा क्याम्पस सारिनु पर्ने माग बिध्यार्थिको रहेको छ ।

आइतबार देखि क्यामपसमा तालाबन्दी भएर शैक्षिक कार्यक्रम ठप्प हुंदा पनि क्याम्पस प्रसासनले चासो नदियको उनिहरुको गुनासो छ । एक बिध्यार्थिले भने” हामिलाइ रामघाटमा बस्न असुरक्षा भयो ।

हाम्रो साथिले अनावस्यक घरबेटिले कुटेको छ , प्राक्टिकल गर्ने , राम्रो भौतिक संरचनाको अभाव  छ हामिले कसरी शिक्षा आर्जन गर्ने र ब्यबहारिकमा उतार्ने? “

यता संकाय प्रमुख करण सिं धामी दुई दिन देखि बेपत्ता रहेको आन्दोलनरत बिध्यार्थिको भनाइ छ ।  संकाय डिन बिमललाल कण उपत्यका बाहिर छ्न । क्यामपसमा तालाबन्दी हुदा पनि प्रसासनले चासो नदिएको गुनासो बिध्यार्थीको रहेको छ ।

लगातार माग राख्दा सुनुवाइ नभएपछी तालाबन्दी र हडताल गर्न परेको बिध्यार्थी बताउछन । हाल उक्त संकायमा पहिलो ब्याछ र दोर्सो ब्याच गरि जम्मा ९५ जना बिध्यार्थी छन ।