आँगनभरि हिउँ, घरभित्र न्यानो र डाडाँकाडा रमाइलो हुम्ला

हुम्ला– प्रायःजसो डाडाँकाडाँमा मात्रै हिउँ देखिने गरेको ७ वर्ष भयो यसपटक बेसीसम्म परेपछि स्थानीयहरुका आगनभरी हिँउ घरभित्र न्यानो र डाडाँकाडा रमाइलो देखिएको छ ।
हुम्लामा युवा युवतीहरु लामो समयपछि हिँउ परेपछि हिँउ खेल्न जताततै पुग्ने गरेका छन ।


.                                                                         जिल्ला प्रहरी कार्यालय हुम्ला हिँउले ढाकेको

वृद्धावृद्धा घरभित्रै आगो बालेर न्यानो गरिबस्ने गरेका छन । जिल्लाका अधिकाश कार्यालयहरुबाट कर्मचारीहरु हिउँ खेल्न सिमकोट विमानस्थल, रानीवन,सिमकोट माथिल्लो गाउँ, शिवमन्दिर पुग्ने गरेका छन ।

सशस्त प्रहरी क्याम्प जाने बाटोे

गाउँका स्थानीयहरुले गाईवस्तुका लागि हिउँदका लागि भन्दै ३ महिना पहिल्यै घाँसको व्यवस्था तथा जोहो गरी जुटाएर राखिन्छ ।
उत्तरी नाम्खा गाउँपालिकामा हिँउदमा अत्याधिक हिमपात हुने भएपछि खानेपिन र घाँस दाउराको बन्दोबस्ती पहिलै गर्न गरेका छन ।

जिल्ला प्रशासन कार्यालय हिँउले ढाकेको तस्बिर

६९ सालपछिको ठुलो हिमपात भएकोले जिल्ला हिँउ खेल्ने युवा युवतिहरु सरकारी तथा गैहसरकारी कार्यालयका कर्मचारीहरु एकअर्कोमा हिँउ खेल्दै आएका छन ।
यो कार्तिक महिनाबाट ४ हिँउ परेपनि यो पटक भनेको ठुलो हिमपात रहेको स्थानीयहरुको भनाई छ । जलवायु परिवर्तनसँगै हिँउ पर्ने छोडेपछि स्थानीयहरु निराशा बन्ने गरेका थिए । यो पटक हिमपात हुदा सुन्दर दृष्यको फोटो र हिँउमा चिप्टेली खेलेर रमाउदै आएका छन ।

जिल्ला अस्पताल हुम्ला हिँउले ढाकेको

हिमपताले जनजिवन कष्ठकर बनेपनि बाली नाली राम्रो हुने स्थानीयहरु खुसी देखिन थालेका छन । मंसिर महिनामा रोपेर जेठ महिनामा भित्रयाउने जेठानी बाली राम्रो हुने स्थानीय धर्म रोकायाले बताए ।
                                हवाई सेवा ठप्प

हुम्लामा सोमबार देखि हिमपात भएपछि जिल्ला सदरमुकाम सिमकोटमा ३ फिट हिँउ जमेको छ । भने उत्तरी नाम्खा गाउँपालिकामा ४देखि ५ फिटसम्म हिँउ परेको छ । हिमपातले नेपालगञ्ज र सुर्खेतदेखि हुने दैनिक उडानहरु समेत अवरुद्ध बनेका छन ।

३ फिट हिँउले ढाकिएको सिमकोट विमानस्थलको धावनमार्ग

विमानस्थलको धावनमार्गमा ३ फिट हिँउ जमेपछि दैनिक उडान रोकिएका हुन । शुत्रबार सिमकोट गाउँपालिका अध्यक्ष पदम लामाको नेतृत्वमा सुरक्षाकर्मी, स्थानीय कर्मचारीहरु हिँउ फाल्न जुटेपनि दिउसो ३ बजेदेखि पुन हिमपात हुदा फेरी विमानस्थलको धावनमार्ग पुरेको छ ।

हिउ खेल्न सिमकोट विमानस्थलको धावनमार्ग पुगेका स्थानीयहरु

हिमपातका कारण उडन नहुदा नेपालगञ्ज र सुर्खेतबाट ढुवानी हुने दैनिक उपभोग्य वस्तु,निर्माणका सामानहरु ढुवानी हुन छोडेको छ । हिमपातले सिमकोट विमानस्थल खुल्न एक हप्ता सम्म लाग्ने सिमकोट नागरिक उडड्यन कार्यालय हुम्लाले जनाएको छ ।
     नाम्खाका बस्ती सम्पर्क विहिन
चीनको सीमानासँग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका अधिकाश बस्तीहरु सदरमुकाम सिमकोटबाट सम्पर्क विहिन बनेका छन । नाम्खा गाउँपालिका लिमी हल्जी,जाँङ्ग, तिल,यारी, मुचु,याङगार,यालवाङ्ग,केर्मी,च्यादुक, गारापारी,खगालगाउँ लगायतका बस्ती सम्पर्क विहिन बनेका हुन ।

नेपाली सेनाको क्याम्प बसेको रानिवनको

सुरुका वर्षहरुमा हिँउदमा अत्याधिक हिमपात हुने भएकोले ३ महिना पहिलै खानपिन र गाईवस्तुका लागि घाँस पहिलै जोहो गर्न गरेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाको छ । हिँउदमा हिँउ अत्याधिक मात्रा जम्ने हुदा घर बाहिर समस्याको कारण पहिलै खानपिन घाँस दाउराको जोहोगर्न बाध्य भएको अध्यक्ष लामाले बताए ।

जिल्ला अस्पताल हुम्लामा बिरामीहरु चेकजाँच गर्न आएको दृष्य