खार्पुनाथमा सर्पको टोकाईमा ५० वर्षिय वृद्धा घाईते

हुम्ला– खार्पुनाथ गाउँपालिका– ५ मा सर्पको टोकाईले एक जना महिला घाईते भएकी छन् । ५० वर्षीय बाँचकला शाहीलाई सर्पले टोक्दा शक्त घाइते भएकी हुन् ।
घर नजिकै रहेको खेतबारीमा काम गर्न गएकी शाही शनिबार साँझ सर्पले टोकेर घाईते बनाएको हो ।
दायाँ हातमा सर्पले टोकेको छ । घाईते शाहीलाई जिल्ला अस्पताल हुम्लामा उपचार भईरहेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।
दायाँ हातमा पुरै सर्पले डसेर घाईते भएको जिल्ला अस्पताल हुम्लाको सिनियर अनमि सरिता बोहराको भनाई छ ।