ताजाँकोटमा १६ सय बालबालिकालाई जुकाको औषधी वितरण

हुम्ला -ताजाँकोट गाउँपालिकाले १ हजार ६२२ जना बालबालिकलाई जुकाको औषधी खुवाएको छ । एक हप्ताको अभियान सञ्चालन गरेको ताजाँकोट स्वास्थ्य शाखाले गाउँपालिका भित्रका १ हजार ६२२ जना बालबालिकालाई जुकाको औषधी खुवाएको छ ।

पालिका भित्रका ४ वटा माध्यामिक विद्यालय र ११ वटा आधारभुत विद्यालयमा अध्ययनरत ६ वर्ष माथिका ८ सय ८८ छात्रा र ७ सय ३४ छात्रलाई जुकाको औषधी खुवाउने अभियान सकिएको ताजाँकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले जानकारी दिए ।

१० वर्ष माथिका ७५० जना छात्राहरुलाई समेत आइरन फोलोरिक एसिट वितरण गरेको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए । एकसाता निन्तर अभियन सञ्चालन गरी गाउँपालिका भित्रका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने कार्य सकिएको स्वास्थ्य शाखा प्रमुख ढकालले भने ।