हुम्ला जिल्ला हक्की संघले क्वारेन्टाइनमा सेनिटाइजर र साबुन सहयोग

हुम्ला–कोरोना भाइरस रोकथामका लागि हुम्ला जिल्ला हक्की संघले क्वारेन्टाइनमा बसेका ६९ जना नागरिकलाई सेनिटाइजर र साबुन सहयोग गरेको छ । सिमकोट गाँउपालिका ५ र ६ नम्बर वडामा क्वारेन्टाइनमा बसेका नागरिकलाई हक्की संघ हुम्लाद्धरा डिटोल साबुन र सेनिटाइजर सहयोग गरेको हो ।

वडा नम्बर भिमसेन विद्यालय र वडा नम्बर ५ को मानसरोवर विद्यालयमा क्वारेन्टाइनमा राखिएका नागरिकहरुलाई हक्की संघ हुम्लाले सेनिटाइजर साबुन सहयोग गरेको हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतले जानकारी दिए ।

हुम्ला हक्की संघले सानो सहयोग भएपनि क्वारेन्टाइनमा सेनिटाइजर र साबुनको मुख्य आवश्यकता भन्दै सहयो गरिएको हक्की संघ हुम्लाका अध्यक्ष रावतको भनाई छ ।