पत्रकार देवकोटामाथि बस व्यवसायी समितिको आक्रमण, अवस्था गम्भीर, टाउको र अाँखामा चोट

२९ कात्तिक

हुम्ला  पत्रकार देविराम देवकोटामाथि आक्रमण भएको छ । बाँकेको कोहलपुरबाट काठमाडौँ आउने क्रममा देवकोटामाथि भेरी बस ब्यबसायी समितिका पदाधिकारीहरुले अाक्रमण गरेका हुन् ।

देवकोटाका पत्नी पार्वता थापा देवकोटाका अनुसार काठमाडौँ आउनलाई बसको टिकट काटेको तर हिड्ने बेला उक्त सिटमा समितिले अरुलाई नै बसेलापछि विवाद सुरु भएको थियो । देवकोटाले सिट सहितका दुई टिकट काटेका थिए तर समितिले दुबै सिटमा अरुलाई नै बसालेको थियो । बच्चालाई एउटा सिटको व्यवस्थापन गर्न आग्रह गर्दा करिब ७ बजेतिर उल्टै आक्रमण भएको पार्वताले बताइन् ।

पत्रकार देवकोटाको टाउको र आँखामा गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि चोट लागेको छ । उनका कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । टाउकाको सिटीस्केन गरिएको छ ।

अवस्था गम्भीर भएकोले थप उपचारको लागि काठमाडौं ल्याउनु पर्ने हुन सक्ने बताइएको छ ।

कालिकोट घर भएका देवकोटा जनयुद्धकालदेखि जनपक्षीय पत्रकारितामा क्रियाशिल छन् । हाल रेडियो थाहा सन्चारमा कार्यरत छन् ।