बाढीले क्षेती पुर्याएपछि प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापनपत्र

हुम्ला,१३ साउन । हुम्लाको सर्केगाड गाउंपालिका २ रिपमा अबिरल बर्षाका कारण क्षती भएपछि प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाइएको छ ।

रिप निबासी भक्ती फडेरा, चेतन फडेरा, रेसम फडेरा र दलजित कार्की सहितले गांउमा भएको क्षती बिबरण सहित तत्काल राहत उद्दार गर्न प्रमुख जिल्ला अधिकारी सामु ज्ञापनपत्र बुझाएका हुन ।

पत्रमा अबिरल बर्षाका कारण ठूलो धनको क्षती र जनतामा त्रास फैलि जीवन अस्तब्यस्त भएकोले तत्काल समस्या समाधान गरि अबिलम्ब पिडितहरुको घाउमा मलम लगाउन आग्रह गरिएको छ ।

करिब ३०० घर धुरी रहेको रिप गाउमा बाढिले बाली नाली बगाउनुका साथै जलबिधुतमा क्षती, खानेपानी ट्यांकिमा क्षती, पुल पुलेसामा क्षेती पुर्याएको स्थानियले बताउछन ।

उता लिप्ने खोलाले खानेपानी पाइप बगाउदा बिहान देखि कणालिको धमिलो पानी खान बाध्य भएको स्थानिय उबजन फडेराले बताए । तत्काल खानेपानी को लागि पहल गरिदिन स्थानिय सरकारलाई आग्रह गरेका छन ।