दुर्गमका महिलाहरु परिवारिक र सामाजिक रुपमा सक्रिय

हुम्ला–जिल्लाका दुर्गम सर्केगाड गाउँपालिमा महिलाहरु पारिवारिक विकास योजना र सामाजिक रुपमा सक्रिय देखिएका छन् । ५ वर्षेका लागि पारिवारिक विकास योजना निर्माण र सामाजिक काममा यहाँका महिला आफै सक्रिय देखिएका छन् ।

शिशुको आर्थिक सहयोग मिसन ईस्टको प्राविधिक सहयोग किर्डाक नेपाल र महिला कल्याण सेवाको साझेदारीमा संञ्चालित सामाथ्र्य परियोजना अन्तरगत गठित महिलाहरु समुहहरु पारिवारिक योजना बनाउन सामाजिक काममा जुटेका पाइएको छ ।

कोभिड–१९ लाई मध्यनजर गदै ५ वर्ष पारिवारिक विकास योजनामा सर्केगाड गाउँपालिका–४ दुल्लिस्थित सुनौलो बिहानी महिला शसक्तिकरण समुह जुटेको किर्डाक नेपालकी सामुदायिक सहजकर्ता पवित्रा देवकोटाले जानकारी दिइन् ।

उनले भनिन् पारिवारिक योजनामा महिलाहरु आर्थिक,राजनैतिक,सामाजिक र परिवारको जिवनस्तर सुधार गर्न साथै स्वास्थ्य शिक्षा रोजगार व्यापार र महिला अधिकार जस्ता विषय समेटेर योजना बनाउन जुटेको सामुदायिक सहजकर्ता देवकोटाले बताइन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ संक्रमणले गाउँघरमा समेत असर गर्न भन्दै यसबाट जाेगिन चुल्ला मेथा महिला समुह मुन्डिका महिला अघि बढेकाे  किर्डाक नेपाल संस्थाकी सामुदायिक सहजकर्ता मञ्जु रावलले बताइन् । चुल्ला मेथाका महिला  समुहका दिदी बहिनीहरु  सामान्य कोभिड–१९ को संक्रमणबाट बच्न हात धुने तरिका,मास्क, लगाउने,सामाजिक दुरी कायम गर्न लगायतका विषयमा गाँउघरमा महिला सक्रिय देखिएको रावलको भनाई छ ।