विवाह गरेको चार दिन पछि घर जल्यो?

जुम्ला,१७ असार ।  जुम्लाको गिडि खोलामा संकास्पद रुपमा घरमा आगलागी भएको छ ।

तातोपानी–४ गिडीखाेलाका मुकुन्द नेपालीको घरमा आइतबार आगलागी भएको हो ।

चार दिन अगाडि २० वर्षीय मुकुन्दले उमेर नखुलेकी  बसन्ती गिरिसँग प्रेमपछि अन्तरजातीय विवाह गरेका थिय। मुकुन्द र बसन्तीले अन्तरजातीय विवाह गरेकाे चार दिन पछि ‘दलित केटा’काे घरमा एक्कासी आगाे लागेकाे मुकुन्दका माइला दाइ भरत नेपालीले बताएका छन्।

‘भाइले अन्तारजातीय बिहे गर्नु र त्यसकाे चार दिन पछि आगाे लाग्नु संयाेग नभएर याेजना हाे,’ उनले भने, ‘याे काम केटी पक्षका दाइले गराएकाे भनी किटानी दिने तयारी गरेका छाैँ।’

तीन तलाकाे घर जलेर पूरै नष्ट भएकाे हाँकु प्रहरी चाैकीका इन्चार्ज राजेन्द्र गिरीले बताए ।