हुम्लामा हिमपात उत्तरी नाम्खा सम्पर्क विहीन

हुम्ला २७ । मंसिर । हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । हिमपात भएसँगै जिल्लाका हवाई सेवा देखि जनजीवन प्रभावित बन्दै गएको हो ।

रातीबाट हिमपात सुरुभए पछि व्यापार व्यवसाय प्रभावित बनेका छन । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाका बस्तीहरु सम्पर्क विहिन बनेका छन ।

उत्तरी नाम्खा गाउँपालिकाका लिमी, हल्जी, जाँङ, तिला, चाला, यारी मुचु, केर्मी याल्वाङ, च्यादुक, याङगार, खगाँलगाँउ, हेप्का, टाङगिन लगायतका बस्तीहरु जिल्ला सदरमुकाम सिमकोटबाट सम्पर्क विहीन बनेका छन ।

यो वर्ष कार्तिक महिनामै हिमपात हुदा अत्याधिक चिसोका बढेको पाइएको छ । चिसोले जिल्लाका सरकारी तथा गैहसरकारी कार्यालय देखि निजी व्यवसाय गर्दै आएका होटेलहरु पनि प्रभावित बनेका देखिन्छन ।  यसैगरी नागरिक, अशक्त अपाङ्गहहरु बढी र विद्यालयको वार्षिक परिक्षा दिने विद्याथीहरुलाई समेत गा्रहो भएको छ ।
हिमपातले उत्तरी नाम्खा अधिकांश बस्तीहरुमा घर भन्दा बाहिर गएर गाईबस्तुलाई घाँस खुवाउन समस्या हुने गरेको स्थानीयहरुको छ ।

उत्तरी नाम्खा गाउँपालिका ६ का स्थानीयहरु बासिन्दाहरु अत्याधिक चिसो बढेसँगै जाडो छल्न अधिकाश स्थानीय गाउँ छोडी शहरतिर झरिसकेका छन । चिनको सीमासँग जोडिएको हिमालपारी लिमीको तिल,हल्जी,जाङ्ग गरी ३ वटा बस्तीबाट बालबालिका सहित शहर झरिसकेका छन । हुम्लामा हिउ नपर्दे गाउँ छोडेर शहर झरेका लिमीका स्थानीयहरु अर्को वर्ष अर्थात २०७६ सालको वैशाख महिनामा मात्रै घर फर्कन गर्छन । हिमपातले हुम्ला जिल्लामा सुरु भएको वार्षिक परिक्षा दिने विद्यार्थीहरुले सास्ती खेप्न बाध्य छन ।