नेतृत्व संस्कारी नहुँदा देश दुर्घटनातर्फ गयो : शाही

कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले नेतृत्व गर्ने अगुवा संस्कारी नहुँदा देश दुर्घटनातर्फ गएको बताएका छन् ।

सिमकोट गाउँपालिका– १ र २ नम्बरमा कुटानी–पिसानी मिलको उद्घाटन गर्न क्रममा शाहीले यस्तो कुरा बताएका हुन् । उनले भने, ‘नेतृत्व गर्ने अगुवा राम्रो संस्कारी  र संगठन प्राप्त गर्न सक्ने हुन सकेन भने यस्तो दुर्घटना वेला–वेला हुने गर्छ ।

दुई वर्षपछि मतदान गर्नुपर्ने ठाउँमा दुई वर्षअघि जनताले मतदान गर्नुपर्ने बाध्यता भएको प्रतिपक्ष दलका नेता शाहीको भनाइ छ ।

शाहीले एकै दिनमा चारवटा कुटानी–पिसानी मिलको उद्घाटन गरेका छन् । गाउँमा मिल सञ्चालन भएपछि स्थानीय महिलालाई एक घन्टा टाढा पैदल हिँडेर परम्परागत घट्ट पिसानीबाट छुटकारा मिलेको छ ।