पूर्ण सरसफाईको अवस्थाबारे विद्यालयको अनुगमन

हुम्ला– सिमकोट गाउँपालिका स्थितका बिद्यालयहरुमा पुर्ण सरसफाईको अबस्थाका बारेमा अनुगमनगरिएको छ । हुम्ला जिल्ला खुला दिसा मुक्त क्षेत्र घोषित भएको अबस्थामाबिद्यालयहरुको सरसफाईको सरसफाईको स्थितीका बारेमाअनुगमन गरिएको हो ।

सिमकोट गाउँपालिकाका सात वटा माबि, निमाबि, प्राबिबिद्यालयहरुको सरसफाईका कार्यक्रम संचालन गरिएको र त्यसको अबस्थाका बारेमा अनुगम नगर्दा स्थिती निक्कै सुधार रहेको अनुमगनमा संलग्न सिमकोट गाँपालिकाका अध्यक्ष पदमबहाुर लामाले बताए ।

शौचालय र खानेपानीको उचित ब्यबस्था भएकोले पुर्ण सरसफाईका लागि सहयोग मिलेको अध्यक्ष लामाले बताए । बिद्यालयमा पुर्ण सरसफाई गर्नका लागि खानेपानी तथा शौचालयको मर्मतको योजनाहरु संचालन गरेपछि अनुगमन गरिएको स्नोल्याण्ड एकिकृत बिकास केन्द्रका कार्यकारी निर्देशक गोबिन्द शाहीले बताए ।

सिमकोट गाउँपालिकाका भिमसेन, कालाशिल्ता र रलिङ्ग माबिका लागि तीन लाख तथा बालबिकास, पंचमुखी, महाकाल र सिदार्थ निमा बिकालागि खानेपाी तथा शौचालय मर्मतका लागि ७५ हजार मर्मतका लागि सहयोग गरिएको कार्यकारी निर्देशक शाहीले बताए ।

युनि सेफको आर्थिक सहयोग र छायाँ नेपालको प्राबिधिक सहयोग तथा बिगत लामो समय देखि जिल्लामा सरसफाईका क्षेत्रमा काम गर्दै आएको स्नोल्याण्ड एकिकृत बिकास केन्द्रको सहजिकरण शौचालय तथा खानेपानी मर्मत गरिएका योजनाहरुको अनुगमन गरिएको हो ।

अनुगमनमा सिमकोट गाउँपालिका अध्यक्ष लामा, उपाध्य क्षबली रावत, वडा अध्यक्ष कृष्ण बोहरा, जयचन्द्र रोकाया, सिमकोट गाउँपालिकाका सामाजिक बिकास शाखाका प्रमुख जंग रोकाया लगाएतको सहभागिता रहेको थियो ।