कर्णाली प्रदेशका मुख्यमन्त्री शाही माथी ढुङ्गा प्रहार

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार गृष्मा व्रोडकास्टिङ्ग प्रालिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही माथि ढुङ्गा प्रहार भएको छ । कार्यक्रम स्थलको अगाडि ड्यासमा बसेका मुख्यमन्त्री शाहिलाई निशाना बनाउँदै हानिएको ढुङ्गा सँगै बसेका डिआईजी महेशबिक्रम शाहलाई लागेको छ ।

ढुङ्गा प्रहारबाट डिआईजी शाहको दाहिने खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारपछि लगत्तै मुख्यमन्त्री शाहीले स्टेजमा गीत गाहिरहेका गायक रामकृष्ण ढकाललाई वीचमा रोक्दै आफ्नो छोटो सम्बोधन राखेर कार्यक्रम स्थलबाट बाहिरिएका हुन् ।

मुख्यमन्त्री शाही माथि ढुङ्गा प्रहार भएपछि अहिले सुरक्षा ब्यवस्था कडा पाएिको छ । यो समाचार तयार पार्दासम्म कडा सुरक्षाका वीच सांस्कृतिक कार्यक्रम चलिरहेको छ । मुख्यमन्त्री शाहीमाथी ढुङ्गा प्रहार गर्नेको खोजी कार्य जारी गरिएको प्रहरी उपरीक्षक ९एसपी० बसन्त रजौरेले जानकारी दिनु भयो ।