हुम्ला– राष्ट्रिय सडक सञ्जालसँग नजाेडिएकाे एक मात्र हुम्ला जिल्ला पृथक रहेकाे प्रमुख जिल्ला अधिकारी श्रीनाथ पाैडेलले बताएका छन ।
सदरमुकाम सिमकाेटमा बिमाेचन तथा उद्वघटन गरिएकाे फिल्काे मिसन साप्ताहिक पत्रिका उद्वघटन गर्दैँ प्रजिअ पाैडेलले यस्ताे बताएका हुन ।
सडक सञ्जालसँग नजाेडिएकाे जिल्लामा साप्ताहिक राष्ट्रिय पत्रिका नियमितता दिने काम सहरननिय रहेकाे प्रजिअ पाैडेलकाे भनाई छ ।
पत्रपत्रिका अध्ययनशिल व्यत्तिका लागि लत हुने भएकाेले फिल्काे मिसन पत्रिकाले पाठकहरूलाई पनि अध्ययन गर्न लतकाे रूपमा अघि बढ्न उद्दघाटन कार्यक्रममा बाेल्दै प्रजिअ पाैडेलले बताए । हुम्ला जिल्ला अन्य जिल्ला भन्दा पृथक भएकाेले पत्रकार समाजकाे पहरेदारीकाे रूपमा भुमिका खेल्नुपर्न प्रजिअ पाैडेलले भने ।
पत्रिका उद्वघटन कार्यक्रममा सञ्चार क्षेत्र सत्य तथ्य निष्पक्ष रूपमा अगाडी बढ्नुपर्न सिमकाेट गाउँपालिकाका उपाध्यक्ष शुसिला राेकाया (भाम)ले बताईन ।
पत्रकारिता क्षेत्र एक निष्पक्ष हुने भएकाेले विकास निर्माणमा समेत टेवा पुुगाउने उपाध्यक्ष राेकायाले बताईन ।
पछिल्लो समय सामाजिक सञ्जालमा बढी केन्द्रीत हुने भएकाेले पत्रपत्रिका प्रेेरित गर्न आवश्यक रहेकाे सिमकाेट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।
जिल्लामा हुने विकृति विसंगतिका विषयमा फिल्काे मिसन साप्ताहिक पत्रिकाले सत्यतथ्य सुचना सम्प्रेेशन गर्न सुझाव दिए ।
फिल्काे मिसन साप्ताहिक पत्रिका उदघाटनमा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पाैडेल,सिमकाेट गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुसिला राेकाया, जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराई, सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका प्रहरी नायब उपरिक्ष शंकरसिह धामी,राष्ट्रिय अनुसन्धानका नायब उपरिक्षक सत्यबहतदुर रावत,शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तिलक भट्टराई, लागयतका उपस्थित रहेकाे थियाे ।
कर्णाली रैवार संवाददाता । १७ फाल्गुन २०७९, बुधबार १६:५३