जुम्ला,१७ माघ । कर्णाली राजमार्गमा मंगलबार सडक दुर्घटना भएको छ ।
सुर्खेतबाट कालिकाेट जाँदै गरेकाे कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरकाे एसएअएम गाडि कर्णाली राजमार्गकाे दैलेखस्थित रामाघाटमा दुर्घटना भएको हो ।दैलेखमा गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भूवनेश्वर प्रसाद शाहका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जना गम्भीर भएका छन भने ५ जना को अवस्था समान्य रहेको छ । बांकी बिबरण आउन बांकी ।
कर्णाली रैवार संवाददाता । १७ माघ २०७९, मंगलवार १८:१०