हुम्लाको नेप्कागाउँमा कोरोना सतर्कताः गाउँ आउनेलाई ३० हजार जरिवाना ।

 हुम्ला–चंखेली गाउँपालिका–५ नेप्का गाँउमा अनुमतिबिना गाँउ प्रवेश गर्ने जो कोहीलाई ३० हजार रुपैया जरिवाना तोकिएको छ । गाउँमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिन नदिन सो वडा कार्यालय यस्तो निर्णय गरेको हो ।

५६ घरधुरी रहेको यो वडाले मुगु जिल्ला र हुम्ला जिल्लाको चंखेली सिमाबाट दैनिक हुम्ला प्रवेश गर्न थालेपछि वडा नम्बर ५ नेप्का गाउँमा अनुमति बिना प्रवेश गर्नलाई ३० हजार रुपैया जरिवाना गर्न निर्णय भएको वडाध्यक्ष भैरव तामाङले जानकारी दिएका छन् ।

सूचनाको पहुँच नभएकोले दैनिक युवाहरुलाई पालो लगाएर बाटोमै राख्ने गरिएको वडाध्यक्ष तामाङले बताए । लकडाउनको अवधिभर आ आफनो घरमा सामाजिक दुरी कायम गरी सुरक्षित रुपमा बस्न समेत निर्देशन दिएको वडाध्यक्ष तामाङले बताए । गाउँलेबिच कोरोना रोकथाम र सतर्कता साथै सचेतना जगाउनका लागि भने कुनै रोकतोक छैन उनले भने ।