अपहरणमा परेकाे भनिएकी सांसद मल्ल प्रहरी सम्पर्कमा

 

 

अपहरणमा परेकाे भनिएकी बझाङकी प्रदेश सांसद देवकी मल्ल प्रहरी सम्पर्कमा आएकी छन् । शुक्रबार स्थानीयबासीले सांसद मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’काे पार्टी नेकपाले अपहरण गरेकाे भन्दै प्रहरीलाई सुचना दिएका थिए ।

अपहरण परेकी सांसद मल्ल प्रहरी सम्पर्कमा आएकाे बझाङका डिएसपी प्रविण धितालले जानकारी दिए । उनका अनुसार सांसद मल्ललाई खाेज्न गएकाे प्रहरी टाेलीले भेटी सकेकाे छ । ‘फाेन नलाग्ने भएकाले विस्तृत जानकारी आउन बाँकी छ,’ धितालले भने, ‘अपहरण परेकाे भन्ने यकिन छैन । प्रहरी पुग्दा त्यहाँ अरु काेही थिएन ।’