स्वर्गीय कलाकार टेकबहादुरको परिवारलाई बागीनाका कलाकारले आर्थिक सहायता गरे

सुर्खेतका स्वर्गीय कलाकार टेकबहादुर सुस्लिङ मगरको परिवारलाई बागीना समूह सुर्खेतका कलाकारहरुले आर्थिक सहायता प्रदान गरेका छन् ।

काठमाण्डौमा रहेका बागीनाका कलाकारहरुले स्वर्गीय कुशल बाद्यवादक टेकबहादुरकी आमा हिराकुमारी सस्लिङ र श्रीमती रेशम कुमारीलाई एक लाख तीन हजार नगद प्रदान गरेका हुन् ।

कलाकार टिका पुन र नन्दा बस्यालको नेतृत्वमा कलाकारहरुबाट नगद संकलन गरी श्रीमती रेशम कुमारीलाई उक्त नगद हस्तान्तरण गरिएको हो ।

वागिना समुहका अध्यक्ष गोबिन्दकुमार कोईराला, वरिष्ठ कलाकार कुलमान नेपाली, गायिका टिका पुन, कलाकार नन्दा वस्याललगायतले उनको परिवारलाई उक्त रकम प्रदान गरेका हुन् ।