हराएको ४ दिन पछि भेटिए समन्वय प्रमुखका छोरा

हुम्ला– गएको असार २९ गते देखि अचानक हराएक जिल्ला समन्वय समिति हुम्लाका प्रमूख दानबहादुर रावतका इन्जिनियर छोरा अदानचुलीमै भेटिएका छन । अदानचुलि गाउँपालिकामा कार्यरत कामका लागि खाद्यन्न (RCIW) मा कार्यरत ईन्जीनियर बसन्त रावत आज श्रावण १ गते मेलचौर भन्ने स्थानमा भेटिएका छन ।
अचनाक ४ दिन अघि कार्यालयबाट निस्किएका रावत चार दिन पछि आज अपरान्ह १२ बजे अदानचुली गाउँपालिका ३ को मेलचौर भन्ने स्थानमा भेटिएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।
उनका अनुसार तिन देखि गाउँपालिकाको सिंगो टिम सहित प्रहरी प्रशासन लागएको खोजिएका रावत आज मैलचौरको एक ओढारमा बसिरहेको अवस्थामा भेटिएको बताइएको छ ।
चार दिनसम्म रावत कहाँ गएका थिए ? र के खाए भन्ने बारेमा थप विवरण अहिलेसम्म केही आउन बाँकी रहेको अध्यक्ष फडेराले बताए ।
रावतलाई अहिले स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण गर्न लिएको छ । रावतको सामान्य स्वास्थ्य परिक्षण गरेपश्चात हेलिकप्टरबाट सदरमुकाम सिमकोट ल्याउने तयारी भैरहेको बताइएको छ ।