हुम्लामा साँग्रीला बिकास बैंकको शाखा विस्तार

फोटोः साँग्रीला बिकास बैंकको रिबन काटेर उद्घाटन गर्दै सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा लगाएत आमन्त्रीत अतिथि

हुम्ला– राष्ट्र बैंकद्धारा (ख) श्रेणीमा मान्याता प्राप्त साँग्रीला बिकास बैंकको शाखा सदरमुकाम सिमकोटमा स्थापना भएको छ ।
बैंक संचालनका लागि सबै ब्यबस्थापन पुरा भएपछि शाखाको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले एक कार्यक्रमकाबिच उद्घाटन गरेपछि शाखा सन्चालनमा आएको हो । बैकको यो ८५ औ शाखा हो ।
बैंकबाट प्रदान गरिने सबै सेवा प्रकारका सेवा प्रदान गर्ने उदेश्यले बैंक स्थापना गरिएको उक्त बैंक अध्यक्ष अच्युतप्रसाद प्रसाईले बताउनु भयो ।
दुई अर्ब चुक्ता पुँजीबाट सेवा सुरु गरेको बैंकको हालको पुँजी २६० करोड पुगेको र यस भन्दा पहिले देशका विभिन्न शहरमा ८४ शाखा संचालनमा रहेको बताउदै अध्यक्ष प्रसाईले सामाजिक सेवाका कार्यक्रमहरु पनि संचालन गर्ने बताउनुभयो ।
बर्षमा ३ सय ६४ दिन खुला रहेको जानकारी दिदै अध्यक्ष प्रसाईले स्थानीय उत्पादन र संभाबनाका आधारमा कर्जा लगानी गरेर सेवाग्राहीलाई लाभ पुग्ने कार्य पनि गरिने उनको भनाई छ ।
भर्खर बैक स्थापना भएको कारण तत्काल नगरिए पनि निकट भबिष्य मै गाउँगाउँमा गएर बृद्ध भत्ता बितरण जस्ता समाजिक कार्य पनि बैंकले गर्ने लक्ष रहेको बैकले जनाएकाे छ ।
बैंक स्थापना हुनु मात्र ठुलो कुरा नभएको र यसलाई दिगो र भरपर्दो सेवा प्रदान गर्नेतर्फ बैंकको ध्यान जानु पर्ने प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताउदै बैंकबाट संचालन हुने जनकल्याणका कामहरु पनि संचालन गरि हुम्ली नागरिकको सेवामा लाग्न आग्रह गर्नँु भयो ।
प्रजिअ ढकाले बैंक स्थाापना हुनु सकरात्मक कार्य भएको र बैकहरु बिच स्वस्थ्य प्रतिश्प्रर्धा गर्दै काम गर्न आग्रह गर्दै राम्रा काम गरेर नागरिकको मन जित्न बैंकलाई अनुरोध गर्नु भएको थियो ।

सोमबारबाटै संचालनमा आएको बैंकले हाललाई नगद कारोबार र कर्जाको काम गरे पनि पछि एटिएम लगाएत अन्य सेवा पनि सन्चालन गर्ने भएको छ । जिल्लाको सदरमुकाम सिमकोटमा बैकि¨ कारोवार गर्ने निजी स्तरको यो तेश्रो बैंक भएको छ । यस भन्दा पहिले सिटजन्स र निर्धन बैकले शाखा विस्तार गरी कारवार गर्दै आएका छन् ।

यो वर्ष देखि कृषी विकास बैकले पनि बैकि¨ कारोवर सुरु गरेको छ । सिमकोटमा सरकारको स्वामित्व रहेको राष्टिय वाणिज्य बैंकले पहिले देखिनै अन्य कारोवार सहित सरकारी कारोवार गर्दै आएको छ ।