दुर्गेश थापामाथी आक्रमण

 चन्द्रौटा,१६ पुस । कलाकार दुर्गेश थापामाथी ढुंगा प्रहार भएको छ ।कपिलबस्तु मा आयोजित महोत्सबमा सनिबार प्रस्तुती दिने क्रममा थापामाथी ढुंगा प्रहार भएको हो ।

मञ्चमा प्रस्तुति दिइरहेका थापामाथि ढुंगा प्रहार भएको थियो । त्यसपछि उनको प्रदर्शन रोकिएको थियो ।आक्रमणपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पल शाह प्रहरणमा शाहलाई फसाउन किशोरीलाई सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए । त्यसपछि उनीमाथि शाहका समर्थकले सामाजिक सञ्जालमा चरेको आलोचना गरेका थिए ।उनीमाथि कसले आक्रमण गर्यो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ।