इकमान लामा ‘इमाला’
भ्रष्टाचार र महँगी यति धेरै बढे छ कि त्यसको कुनै आधार छैन
भित्रभित्रै खाक्रो बनिसकेछ देखेजस्तो सक्लो सिंहदरबार छैन
दिनहुँ जस्तो अपहरण, बलात्कार र हत्याका खबर सुनिरहँदा
लाग्छ, देशमा शान्ति, सुरक्षा दिने भरपर्दो सरकार छैन
जनताको सेवा र सुरक्षामा खट्नेहरू नै यहाँ बेइमानी देख्दा
इमानदारिता सकिएजस्तो लाग्यो कोही कसैप्रति सदाचार छैन
यो कस्तो पशुभाव आफ्नो र अरूको दिदीबाहिनीको मर्म बुझ्ने
सरकार र प्रशानस निरिह, अपराधी नपुगेको कुनै सिमसार छैन
-खानीखोला–४ फुलडाँडा, काभ्रे
कर्णाली रैवार संवाददाता । १५ कार्तिक २०७५, बिहीबार २१:४१