जिल्लाको शान्ति सुरक्षामा पहिलो प्राथमिकता, प्रजिअ ढकाल

हुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी रुपमा हुम्ला पुग्नु भएका प्रजिअ धोलकराज ढकाले जिल्लामा रहेका विभिन्न निकाय संग भेटघाट, अन्तरक्रिया र परीचयात्मक कार्यक्रम गर्न थाल्नु भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा हुम्लामा रहेका क्रियासिल स्थानीय संचारकर्मिहरु संगको अन्तरक्रिया कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको प्रजिअ ढकालले बताए ।
जनताका लागि राज्यबाट उपलब्ध हुने सवै खाले सेवा सुविधा जिल्लाका सम्पूर्ण सेवाग्राहीलाई सहज रुपमा पहुँच स्थापित गर्न लागि पर्ने र जिल्लाको वस्तुस्थितीका बारेमा जानकारी लिन सञ्चारकर्मीसँगको भेटघाटमा ढकालले प्रशासन र नागरिक बिचको दुरीलाई कम गर्दै जिल्लाको प्रसाशनलाई जनप्रसाशनका रुपमा रुपान्तरित गरी अगाडि बढ्ने  प्रतिवद्धता व्यक्त गरे ।
पहिलो पटक हुम्लाको प्रशासन सम्हालेका प्रजिअ ढकालले जिल्लाको शान्ति सुरक्षासंगै सिमा क्षेत्रमा हुने गतिविधि, खाद्यन्न, हवाई उडना लगायतका क्षेत्रमा मेरो पहिलो निगरानी रहने बताए ।
प्रजिअ ढकालले जिल्लाको वस्तुस्थितीका बारेमा जानकारी लिन सञ्चारकर्मीका साथै जिल्लामा रहेका राजनितिक दलका प्रमुख, नागरीक समाज र बुद्धिजिबीहरुसँग पनि भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन ।