चंखेली गाउँपालिका अध्यक्षको चर्तिकला योजना माग गर्ने किते कागजात

हुम्ला–चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईले योजना माग गर्न किर्ते कागजात पेश गरेका छन् ।
प्रदेश सरकारले स्थानीय तहमा दिने समपुरक बजेट गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका पदाधिकारी कसैलाई जानकारी नगराई किर्ते गरी प्रदेश मन्त्रालयमा योजनाको फर्म पेश गरेको प्रमाण फेला परेको हो ।

प्रदेशले प्रदान गर्ने समपुरक बजेटमा गाउँपालिका अध्यक्ष चौलागाँई र सोही गाउँपालिका वडा नम्वर २ का अध्यक्ष हरिहर उपाध्याय, स्थानीय बिर्ख धिता, काँशी उपाध्याय, र दलजित बि.क.ले सुर्खेतमै बसेर किर्ते कागज तयार गरी योजनाका ७ वटा फर्म पेश गरेको चंखेली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सालिग्राम ऐडीले जानकारी दिएका छन ।
अध्यक्ष चौलागाईले उपाध्यक्ष र वडाध्यक्षले किर्ते हस्ताक्षर गरी ७ वटा योजनाको फर्म कर्णाली प्रदेशको अर्थ मन्त्रालयमा पेश गरेको भन्दै वडाध्यक्ष ऐडीले आक्रोश व्यक्त गरे ।

कालमबाडा सामुदायिक भवन, कालमबाडा सुनकार स्याउ फर्म, बृहत सिचाई रिर्जभ ट्याङकी, माथिल्लो पाली बृहत खानेपान, मेल्छाम गडेली हुदै भुजखोला सम्म बाटो निर्माण, लौटारुख देखि लोति सम्म सिचाई नहर सम्बन्धि किर्ते फाइल बनाई पेश गरेका छन ।
गाउँपालिका उपाध्यक्ष बिमला शाहीलाई पनि कुनै जानकारी नगराई सुर्खेतमैं किर्ते गरी अध्यक्षले मनोमनी रुपमा योजना पेश गरेका हुन् । गाउँपालिका उपाध्क्षय बिमला शाहीले आफु बिदामा रहेको समयमा अध्यक्षले सुर्खेतमै बसेर मनोमनी रुपमा योजना छनौट गरेको बताइन ।
योजना छनौटबारे सोध्दा गाँउपालिका वडाध्यक्षहरु उपस्थितीमा योजना छनौट भएको अध्यक्ष चौलागाँइले आँफुलाई जवाफ दिएको उपाध्यक्ष शाहीको भनाई छ ।
प्रदेश सरकारबाट प्राप्त हुने १ करोड बजेट मनोमनी रुपमा योजना बनाई पेश गरेको भन्दै त्यसलाई रोक्न वडा नम्बर ३ का वडाध्यक्ष सालीग्राम ऐडीको नेतृत्वमा स्थानीयहरुले निवेदन समेत पेश गरेका छन । उनीहरुले कर्णाली प्रदेश अर्थ मन्त्रालयमा सो निवेदन पेश गरेका हुन् ।