मैले मैले एकजना बहिनिको वाल मा हेरें यो कुराले मेरो मन निकै छोयो अनि यो बिषयलाई लिएर एकछिन निकै बेर घोरिएँ पनि । मनमनै सोचें के त्यसो भए कसैलाई पिंडा पोख्नु अपराध हो त् रु त्यसो भए कसैलाई भन्ने कि नभन्ने त् रु दैनिक जीवनमा हरेक मान्छे कुनै न कुनै समस्या या द्विविधामा अल्झिरहेका हुन्छन यी समस्या कसैको कम त कसैको बढी फरक यती मात्र हो, कुनै समस्याहरु एक्लै समाधान गर्न सक्ने खालका हुन्छन त कुनै अरु सँग सहयोग लिनै पर्ने खालका । आँफै समाधान गर्न सक्ने भए त ठिकै छ नभए के गर्ने त रु त्यसो भए या त अरुसंग सल्लाह माग्ने या पोख्ने । को सहग पोख्ने त तेसो भए रु सबै समस्याहरु अरुसंग पोख्ने खालका हुन्छन त रु फेरि अर्को कुरा, र्तपाईं हाम्रा कुरा सुन्ने कसलाई फुर्सद रु
हरेक उमेर र बर्गका मान्छेहरुका मनो(समस्या फरक फरक हुन्छन जस्तै बालबालिकामा देखापर्ने समस्या, किशोरावस्थामा देखा पर्ने समस्या, युवा, बयस्क अनि वृद्दहरुमा देखापर्ने समस्या फरक फरक हुन्छन त्यसमा पनि ठाउँ परिस्थिती , आर्थिक अवस्था, वातावरण धर्म सस्कृति, सामाजिक संरचना, ब्यक्तिको क्षमता आदिले पनि महत्वपुर्ण असर पार्ने गर्दछन् र समस्या फरक फरक देखिन्छन । हामी हाम्रा साना या ठुला जुनसुकै समस्या हरु कसैन कसैसंग पोख्न खोजिरहेका हून्छौ आफन्त या आत्मीय मित्रसँग । यदि आफ्नो समस्या सुनिदिने कोहि नभए या सुनाउन नमिल्ने समस्या भए के गर्ने त मन भित्रै पालेर बस्ने रु जो कोहीलाई सुनाउदा बिश्वासघात गर्यो भने नि त्यो झन् ठुलो समस्या बनेर तेर्सिन्छ । आफन्तलाई सुनाउदा अझ पिर थप्दै पो छौं कि बिशेष गरी प्रेमी प्रेमिका बिचको सम्बन्ध, श्रीमान श्रीमती बिचको सम्बन्ध झन् जटिल हुन्छ जो कोहीलाई गहिराइमा पुगेर सुनाउन सकिदैन अर्थात् सुनाउन मिल्दैन । यस्तो अवस्थामा के गर्ने त रु कसै कसैले आफ्नो पिंडा डायरी लेखन आदि मार्फत अरु कुनै तरिका अपनाएर पनि पोखेर संवेग नियन्त्रण गरिरहेका हुन्छन ।ष्बिि
हेर्दा निकै सम्भ्रान्त देखिने श्रीमान बुद्दिजिबी बर्गमा गनिने सष्रदा अधिकारी इटहरी ९नाम परिबर्तन० किन यतिका वर्षसम्म रोगपालेर बस्नु भो भनेर सोध्दा भन्थिन “यो मेरो श्रीमान ले मलाई शारिरिक यातना दिएर९यौन अंगहरुमा झुल जस्ता खस्र चिजहरु को घर्सण् बाट जताभाबी रगडेर पिडा दिन , आदि कृयाकलाप गर्दा रहेछन० हो । “उनले मलाई घरबाट निकाल्न खोज्छन तर सामाजिक प्रतिष्ठाको कारण मलाई नै नराम्रो देखाउन चाहन्छन यसकारण यो कुरा मैले त्यसवेला कसैलाई भनिन किन कि समाज परिवारबाट अलग हुने डर अनि सामाजिक लान्छना मै माथि आइपर्ने डरले । म जीवन मरणको दोसाधमा पुगेपछि यो कुरा मात्र तपाई संग पोखेकी” उनले अत्न्तै दुखित हुँदै भनिन् । यो त एउटा सानो उदाहरण मात्र हो हाम्रो समाजमा लुकेका समस्याहरु थुप्रै छन् यहाँ महिलाको मात्र कुरा गरिरहेको छैन म । पुरुष सँग पनि लुकेका समस्याहरु राख्न नसकेका थुप्रै उदाहरण छन यहाँ । झन हाम्रो समाजमा पुरुशहरूले पिंडा पोख्नु भनेको त नामर्द नै कहलिन्छ । अनि कसरी पोखुन विचराहरुले ।
मैले सुन्ने अनि देख्ने पनि गरेको छु, आफ्ना कुराहरु अरुसंग पोख्न नसक्ने मान्छेहरु बढि रिसाउने झर्किने जस्ता क्रियाक्लापहरु अन्य साधारण भन्दा वढि नै गर्ने गर्दछन् । उसको रोग एउटा परिवारकै निम्ति रोग बन्न थाल्छ । समस्यालाई यदि कसैसंग सेयर गरेनौ भने त्यसले पिडा जन्माउछ र पिडाले अर्को भयङ्कर रुप लिन्छ, एक अत्मपिडक बन्छ या दोश्रो पर पिडक बन्न सक्छ । आफुलाई पिडा दिएर अथवा पिडा लुकाएर शान्त गर्न खोज्दा आफैले आफुलाई सजाय दिने गर्न पनि सक्छ, यो आत्मपिडाक प्रबृर्ती हो, तनाब छटपटी आदि बढ्दै गएमा ब्यक्तिले आत्महत्या समेत गर्न पछी पर्दैन, आवेसमा गलत निर्णय लिन पुग्छ । २। परपीडक – कोहि अरुलाई
आफ्नो पिडा कसैलाई भन्दा हल्का हुन्छ तर यसरी आफ्नो पिंडा फेसवुक स्टाटसमा देखाउदा कतै अरुलाई पिंडा थप्दै त छैनौं रु” यो फेसबुकको स्टाटस मैले मैले एकजना बहिनिको वाल मा हेरें यो कुराले मेरो मन निकै छोयो अनि यो बिषयलाई लिएर एकछिन निकै बेर घोरिएँ पनि । मनमनै सोचें के त्यसो भए कसैलाई पिंडा पोख्नु अपराध हो त्
पिडा दिएर आत्मसन्तुष्टी लिन खोज्छन फलस्वरुपस् गलत काममा होमिन सक्ने सम्भावनाप्रवल हुन्छ। बदलाको भावना आउन सक्छ अनि हत्या हिंसा आदि गर्न पछि पर्दैनन् ।
संचारको विकास संगै बिकसित मुलुकहरुमा देखिएको स्वतन्त्रताको असर हामीमा पर्नु अस्वाभाविक होइन फेरी त्यसमा पनि बिकृति अनि गलत प्रबृतिहरुले छिट्टै प्रभाब छाड्छन । मुलुक राजनैतिक अस्थिरता अनि बेरोजगारीको कारण जर्जर बनिसकेको छ । कहिले आन्दोलन त् कहिले केका नाममा धेरै पटक थुप्रै परिवारहरु बिस्थापित भए, १० बर्षे जनयुद्दको असर यति छिट्टै मेटिने कुरै आउँदैन यसको कारण कैयौ परिवार अक्रान्त बनिरहेका छन अनि कैयन आमा, पत्नी बिक्षिप्त अवस्थामा बाँचिरहेका छन् । छोराछोरी टुहुरा भएका छन् । यसको प्रत्यक्ष या अप्रत्यक्ष प्रभाब दिर्घकालिन रुपमा परिरहेको छ । हरेक नेपाली तनाब ग्रस्त छन् बेरोजगारी समस्या युवाहरुको निम्ति झन् ठुलो टड्कारो समस्या बनेर तेर्सिएको छ बैदशिक रोजगारीमा जानु पर्ने बाध्यता, परिवार भित्र एक्लोपन हाम्रा लागि नौलो होइनन् सामाजिक या व्यक्तिगत समस्याहरुले निम्त्याएको पिडाले मुलुक नै पिडित बन्न पुग्दैछ दिनानुदिन हत्या हिंसाका श्रृंखला बढ्दै जाँदा सम्पन्न संभ्रान्त वर्गमा एक किसिमको त्रास देखिदै गएको छ भने विपन्न वर्गमा आभाव र असुरक्षाको भय वढ्दै गइरहेको छ ।
यस्ता समस्याहरु साझा समस्याहरु हुन् जुन सबै संग राख्न सकिन्छ । तर कतिपय यस्ता समस्याहरु छन, जुन बाहिरॉबाट झट्ट हेर्दा एउटा समस्या देखिन सक्छ तर पनि भित्री समस्या अर्कै हुन सक्छ । जुन नितान्त ब्यक्तिगत पनि हुन सक्छ, बाहिर हेरेर अडकल काट्न सक्ने कुरो होइन । तेसो भए यस्ता समस्याहरु कहाँ राख्ने को संग राख्ने त रु तपाईंका कुरा सुन्ने चासो नहुन पनि सक्छ, तपाईंले चाहेको ब्यक्तिलाई फुर्सद नहुन पनि त् सक्छ । कतिपय अवस्थामा समस्या पोख्नु आफ्नालाई पिडा त थप्न गइरहेको त् छैनौ भन्ने डरले मन भिश्रै गुम्साएर, लुकाएर राखिरहेका हुन्छौ । तेसो भए के जो कोहि संग भन्दै हिड्ने त रु पक्कै पनि होइन, के गर्ने त् त्यसो भए रु हामी कहाँ बिकसित मुलुकहरुमा जस्तो काउन्सिलर कहाँ जाने प्रचलन पनि छैन, केहि गैर सरकारी संस्थाहरुले सिमित मात्रामा केहि पुनर्स्थापना गृहमा पिडितहरुलाई उपचारका निम्ति राखेका छन र् केही हस्पिटलहरुमा छन । जुन सहज् रुपमा उपलब्ध छैनन् भए पनि ज्यादै न्युन र अव्यवनस्थित छन । पहिलो कुरा त यस्ता सेवाहरु खासै भेटिन्नन्, सर्बसाधारणलाई कहाँ जाने भन्नेसम्म पनि थाहा छैन । फलतस् समस्या बढ्दै जादा सम्बेगलाई कन्ट्रोल गर्न नसकेको अवस्थामामा मनोरोगी बन्न पुगेका कैयौं उदाहरण हामीले देखेका छौं ।
हाम्रो सामाजिक संस्कार यस्तो छ कि मनोचिकित्सक कहाँ जानु भनेको लाजमर्दो कुरा हो । उ समाजद्वारा अपहेलित हुनु हो अथवा धेरैले जब समस्याले ठुलो रुप लिन्छ अनि मात्र डाक्टर कहाँ जाने, लैजाने चलन छ । यस्ता पिडितहरुको हाम्रो जस्तो सस्कार भएको मुलुकमा भावनात्मक अभिव्यक्तिहरु हत्त पत्त खुल्दैनन । यौन सम्बन्धि जस्ता बिषय घुमाएर अप्रत्यक्ष रुपमा मात्र अभिव्यक्त हुन्छन यस्ता अभिव्यक्तिहरु बुझ्ने क्षमता भनेको कुशल मनोबिमर्श कर्ताले मात्र गर्न सक्छ, जो हाम्रो देशमा प्रायस् उपलव्ध छैन ।
समयको माग हो यच बिषयमा गम्भीर रुपमा सोंचेर सरकारी स्तरबाटै स्थानिय स्तरमा सेन्टरहरु खोल्ने र यस्ता सेन्टर मार्फत सेवा दिने पो हो की । ता कि पीडितहरुले आफ्ना समस्या निर्धक्कसँग सजिलै राख्न सकुन बिरामी भएर उपचार गराउनु भन्दा शुरुवात मै रोगको बाटो छेक्नु नै जाती होइन र रु मलाई लाग्छ समस्या भन्नु पिडा थप्नु हैन तर कहाँ भन्ने छनौट गर्न सके राम्रो, लुकाउनु त्यो भन्दा ठुलो समस्या निम्त्याउनु हो । यसले हाम्रो घर समाज देश नै रोगी बन्दै गैरहेको अवस्थामा सचेत हुनु तपाई हामी जिम्मेवार नागरिकको कर्तब्य होइन र
कर्णाली रैवार संवाददाता । १५ कार्तिक २०७५, बिहीबार २१:२३