मासपुरकाे कथा

झयाउरे गीति लयकाे कविता

छप्रेेलाकाे बसाइ पछि मासपुरकाे यात्रा
पानी पर्‍याे खाेला बढ्याे देखाइदियाे जात्रा
पालिकाकाे गाडी चढी पुग्याै जिमानामा
त्यहीतक रैछ गाडी माेटर सडककाे सिमाना
।।१।।

पुमा घाडा लाग्न हुँदै पुग्याैँ मेले पानी
मैतर्नामा बाटाे रैछ , यूना मासपुर जानी
हामी गर्याै वारिबाटै ७/८ जना टाेली
यात्रा थियाे रमाइलो बाेकी हिड्थ्याै झाेली
।।२।।

सिमसिम पानी परेकाे छ गफैमा छाै मस्त
चरीका चिरबिर तालमा हिड्दै सुस्तसुस्त
रैछ धराप भिरै भिरकाे छडीकाे पहराे
लाैराे टेकी हिड्नु पर्ने सबले दराे दराे
।।३।।

खुट्टा फुुत्के कर्णालीमा पुगिने छ स्वात्तै
वर्षामासकाे नदी ठुलाे कर्णालीमा ह्वातै
ठाडै भिर छ मुढाे काठ् र ढुंगाकाे छ भर
चिप्लाे बाटाे लड्दै पड्दै पुग्याैं परपर

।।४।।
बल्ल बल्ल छडी बगर पुग्याै लड्दै लड्दै
ज्ञान बाेक्छन मजा लिन्छन पाठकहरू समचार पढ्दै
हाम्रा पिर ब्यथाहरु कस्ले बुझिदिने
हाम्रा आवाज सरकारमा कस्ले सुनिदिने ।
।।५।।
भिज्द‌ै पुग्यौं घट्टे खाेला हेराै तल चित्र
क्यामेरा र ल्यापटप बाेक्दै हिडदा झाेला भित्र
चिप्ला ढुंगा ठुला खाेला, कस्ले बुझ्ने व्यथा
लेख्न सके बन्थ्याे ठुलै मासपुरकाे कथा
।।६।।
जिउलाे पार गर्दै पुग्याै मासपुर घट्टे खाेला
जे परे नि बेहाेर्न छ मनुस्यकाे चाेला
माथि हेर्दा रमाइलो छ बाटाे हिडन सास्ति
स्कुल गाउँ पुग्दा बल्ल ज्यानलाई मिल्याे मस्ति
।।७।।
साढे सात बजे तिर पुग्याै मासपुर
केेश जी काे घरमा बस्याै भाग्याे दु:ख दूर
चिसा जुता माेजा खाेली फाले कुना तिर
चिसाे भयाे थरथर काम्दै लागे चुला तिर
।।८।।
आगाे ताप्दै चिया पिउदै गयाे थकाइ मर्दै
मासपुरकाे माया पनि आयाे बढ्दै बढ्दै
नरजन तामाङ भन्दै आइन भेट्न गुरूआमा
मलाई पढाउनु हुन्थ्यो मावि राेडिकाेटमा
।।९।।
खुसी लाग्याे आमा भेटे लाग्याे धेरै हर्ष
माया ताजै हुदाे रैछ बिते पनि वर्ष
मिठाे खाना मिठाे भाेजन केशकाे आतिथ्य
निद्रा देवीसँग पुगे माया पाई लठ्ठ ,,

।।१०।।
भाेलिपल्ट उज्यालो भाे मनै झलमल, !
हिजाेकाे दिन हाे कि हैन परी अलमल,
वारिपारि हेर्न थाले देखे हरियाली
फरक भाषा बाेली मिठाे खुसी मात्रै खाली
।।११।।
आरू स्याउले लटरम्मै मान्छे रमाइला
यस्ताे ठाउँ रमाइलो अन्त कहाँ मिल्ला
वनैभरि बाटैभरि टिमुरकाे घारी
जताततै लटरम्मै देख्छाै वारिपारि
।।१२।।
साग तरकारी प्रशस्तै छ कमी केही छैन
लाग्याे मनमा यस्ताे समचार नलेखेर भैन
चार‌ैतिर हरियाली बिचमा मासपुर गाउँ
फेरि सम्झि बारम्बार लाग्छ जाँउ जाँउ
।।१३।।
भुइँ काफल रुख काफल छ, सुन्तलाकाे बाेट
कागती र निबुवा छ मिल्छ सबै थाेक
१-३ काे विद्यालय थाेरै छात्र छात्रा,
सरकारले पुर्याकाे छ,ओैषधीकाे मात्रा
।।१४।।
पहिलाे स्थायी अहेव छन पदमबहादुर बुढा
बाटाे पुगे यही भेटिन्छन स्वर्ग भेट्ने कुरा
सबै भन्दा रमाइलो रैछ ताताे पानी ,
साँझ बिहान नुहाउन परे त्यही रहेछ जानी
।।१५।।
सानासाना केटाकेटी उफ्री उफ्री खेल्ने ,
मेडम भेटे बालबच्चालाई पिरतीले जेल्ने ,
सँगै रैछ पघेँराेमा रमाइरमाइ खेल्ने
नमुना नै भेटे मैले सबले हेर्नुपर्ने,,
।।१६।।
आमा जस्तै माया गर्ने भेटे गुरूआमा,
मान्छे अनुसार रैछ भेटिने जमाना
महिला पुरूष छुट्टाछुट्टै चार वटा छन धारा
मासपुर पुग्ने मान्छे जति हेर्न पुग्छन सारा

।।१७।।
रूख टमाटर झाल टमाटर फल्ने लटरम्म
पुग्न दःख पुगेपछि सबै छन अचम्म
ठुलाठुला रूखहरू छन चिन्नै नसकिने
जति लेख्याे लेखाैँ लेखाैँ लेखी नथाकिने

।।१८।।
हुम्ला बाजुराकाे संगम ,खाेला छेउमा नेती
झन रमाइलाे महसुस भाे त्यहाँ मानिस भेटी
गंगा नि.मा.वि ४-८ कक्षा पढ्ने
कछुवाकाे तालमा हजुर सबै अघि बढ्ने
।।१९।।
बाजुराकाे बाैडी, नेती दाेस्ति मासपुरकाे
राम्रै लाग्याे वारिपारि यिनका सम्बन्धकाे
माेटरकाे बाटाे पुगाेस छिटै मासपुर,
सडक पुगे अब मासपुर बन्छ कान्तिपुर
।।२०।।
शूरबहादुर केश,साथी बाजे भेटे जाेखे
गुरूमा इन्दिरा भेटे यात्रा यतै राेके
शान्ति, केश ,सुना, साथी मासपुर जाने आउने
अवसर जुटाेस फेरिफेरि मासपुरमा धाउने
।।२१।।
धन्यवाद छ मासपुरबासी धन्यवाद छ नेती
खुसी लाग्याे मासपुरमा सबैलाई भेटी
सहयाेग गर्ने सबैलाई माया मेराे मुरी
निम्ताे पाए आउला हजुर दगुरी दगुरी

।।२२।।
बाइबाइ मासपुर बाइबाइ मेडम बाइबाइ सुन्दर ठाउँ
माया पिरिम बढ्दै जाओस, सबै आउजाँउ
शिक्षा स्वास्थ बढ्दै जाओस बनाेस माेटर बाटाे,
छाेरा छाेरी पढाँउ हजुर जाँड खानाकाे साटाे,

मेराे गुरु हरि भुवाइँ सरकाे सहयाेगमा