जयन्तीले दिइन् बाढीपीडितलाई फाइवर सिरक

सुर्खेत, अमेरिकामा बस्दै आएकी युवा समाजसेवी जयन्ती थापाले सुर्खेतका बाढी पीडितलाई फाइवर सिरक दिएकी छन । जाडोले गर्दा समस्यामा परेको थाहाँ पाएपछि उनले बीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका १७ घर परिवार विस्थापितलाई सिरक दिएकी हुन ।


सोमबार एक कार्यक्रमका बीच विस्थापित शिविरमै पुगे उनका वुवा धर्मजंग थापा, आमा पार्वती थापा, बहिनी लक्ष्मी थापा र ज्वाई गगन थापाले बाढीपीडितलाई सिरक हस्तान्तरण गरेका छन । बाढी पीडित शेरबहादुर नेपाली, बीरबहादुर नेपाली, महिसरा थापा, बिमला नेपाली लक्ष्मी नेपाली, नरबहादुर रोकाय, चन्द्र थापाले सिरक पाएका छन ।


यस्तै तारा थापा, तुलबहादुर सुनार, कालिबहादुर शाही, काली शाही, बलबहादुर नेपाली, हरी सिँह, गोपाल नेपाली, विष्णु नेपाली, जयबहादुर योगी र मनबहादुर योगीले पनि फाइवर सिरक पाएका छन ।


जाडोले गर्दा निकै दुख पाएको बताउने उनीहरुले सिरक पाएपछि खुशी व्यक्त गरेका छन । हाम्रो समस्यालाई सम्झेर सिरक दिनु भएकोमा जयन्ती थापालाई हृदयदेखि नै आभार र धन्यवाद दिन्छौ उनीहरुले भने उहाँको सधै उन्नति र प्रगति होस भन्ने कामना गछौ ।


सरकारले आफुहरुको समस्याप्रति वेवास्था गरिरहेको वेला थापाको सहयोगले ठुलो राहात मिलेको र अव जाडोमा रात विताउन सजिलो हुने आफुहरुले महशुस गरेको समेत उनीहरुले वताए ।


समस्यामा परेका गरिव तथा विपन्न नेपालीलाई सहयोग गदै आएकी थापाले यही पुष २६ गते सुर्खेतको भेरीगंगा नगरपालिकाको पाँडुलेमा रहेका ९ घर बाढी पीडितलाई पनि फाइवर सिरक सहयोग गरेकी थिइन् ।


सिरक हस्तान्तरण कार्यक्रममा पूर्व उपसचिव भोजराज शर्मा, इन्जिनियर श्यामसिंह थापा, नागरिक दैनिकका कर्णाली व्युरो प्रमुख नगेन्द्र उपाध्यया, माउण्टेन टेलिभिजनका कर्णाली व्यरो प्रमुख बिवसकुमार सेजुवाल, बिबिसी नेपाली सेवाका प्रकाश पन्तलगायत संचारकर्मीको सहयोगीता रहेको थियो ।