आगलागी पिडितलालाई नगरपालिकाले दियो राहत

मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाको वडा नं। १३ स्थित लुम गाँउमा १६ गते दिउसो करिव १२ बजे भएको आगलागी बाट घरवार बिहिन २ परिवारलार्इ सम्बन्धित नगरपालिकाले राहत सामग्री हस्तान्तरण उपलब्ध गरेको छ ।
आगलागीबाट मोसी कामी र दन्तलाल कामीको करीव १३ लाख बरावरको धन माल जलेर नष्ट भएको कुरा जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
घरमा कोही नभएको अवस्थामा आगलागी भएकाले अन्नपात‚ लत्ता कपडा‚ भाँडाकुडा लगाएत सम्पुर्ण सामान जलेर नष्ट भएको छ । आगलागी बाट घरवार बिहिन भएका पिडितलार्इ तत्कालिन राहतकालागि छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले २७ हजार नगद सहित करीव २ लाख बरावरको राहत सामग्री हस्तान्तरण गर्नु भएको छ ।
आगो नियन्त्रणका लागि स्थानियवासी सहित सदरमुकामबाट ३ घण्टाको बाटो हिडेर शसस्त्र र जनपथ १८ जना प्रहरी समेत खटेका थिए । आगलागी भएको घर अन्य घर संग पनि जोडिएकाले पुरै टोल जलेर नष्ट हुने भएकाले विचको घर भत्काएर टोल बचाएको स्थानियको भनार्इ छ ।
सोलार ब्याट्रिमा मोवाइल चार्ज गरी रहेको समयमा मोवाइलको ब्याट्री पड्केर आगलागी भएको पिडितको अनुमान छ ।
आगलागी बाट सम्पुर्ण धनमाल गुमाएका पिडित परिवारहरुले सबै संग सहयोगको याचना गरेका छन् ।