आर्थिक अभावले थला परिन वीर अस्पतालमा छप्पकला

हुम्ला,२० मंसिर ।  कलेजाे प्रत्याराेपण गर्न आर्थिक अभाव भएपछि हुम्लाकी एक महिला काठमाडौं स्थित वीर अस्पतालमा थला परेकी छन।

कलेजो प्रत्याराेपण गर्न झण्डै ३५ लाख खर्च लाग्ने भएपछि हुम्लाको ताजाकाेट गाउँपालिका-४ की ४७ वर्षिय छप्पकला ढकाल महिनाैदेखि वीर अस्पतालकाे बेडमै थला परेकी हुन।

आर्थिक अवस्था अत्यन्तै नाजुक भएपछि श्रीमती महिनाैदेखि वीर अस्पतालकाे बेडमै थला परेकाे उनका श्रीमान नन्दप्रसाद जैसीले बताए । श्रीमती बचाउन ३५ लाख लाग्ने डाक्टरहरुले भनेका छन । हाम्रो आर्थिक अवस्था कमजोर छ कसरी बचाउने होला “जैसिले भने कताबाट यति ठुलाे रकम जुटाउनु ? अब मर्न बाहेक केही विकल्प छैन ।” मृत्युकाे मुखमा पुगेकी छ  बचाइदिन देश विदेशमा रहेका सबैलाई आग्रह गर्ददछु ।

उनले सहयोग गर्नेहरुलाइ निम्न नम्बरमा सहयोग गरिदिन आग्रह गरेका छन।

सहयोग रकमका लागि
खातावालाको नामः नन्द प्रसाद जैसी (Nanda Prasad Jaisi)
ग्लोबल आइ एम इ वैङ्क ( Global IME Bank)
ताँजाकोट शाखा (Tanjakot Branch )
खाता न. २७४०७०१०००११३०(27407010001130)
मो. न. ९८४८३१७२५९