जाजारकोट केन्द्र भएर फेरि भुकम्प

जुम्ला,२० कार्तिक । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।  भूकम्पको धक्का काठमाडौँ सहित देशै भरी समेत महसुस गरिएको थियो ।