मुगुमा जीप दुर्घटनामा ४ जनाको मृत्यु ५ जना घाइते

हुम्ला–मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका–७ चिप्ले गौडा दुर्घटना नजिकै जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन
सोरु गाउँपालिका सोरुकोटबाट सदरमुकामदेखि गमगडी बजार जादैँ गरेको ज १ च ७७७२ नम्बरको जीप सोरु गाउँपालिका ७ चिप्ले गौडा भिरमा दिउसो ४ बजे ४५ मिनेट दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको हो । मृत्यु हुने सर्केगाड गाउँपालिका २ रिप गाउँका अन्दाजी २२ राम परियार र अन्य तिन जनाको पहिचान हुन सकेको छैनन ।

५ जना सख्त घाइते हुनेमा सोरु गाउँपालिका–७ का दिनेश लवाड चालक सोरु गाउँपालिका–७ का गोबिन्द्र शाही सोरु गाउँपालिका–६ का वडा सदस्य लोकजङ्ख नेपाली सौरु गाउँपालिका–६ सरै रोकाया र सिमकोट गाउँपालिका २ का उधिम बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

मृतक र घाइतेहरुलाई सोरु गाउँपालिका ७ चिप्ले गौडादेखि जिल्ला अस्पताल मुगु लैजान फुली र आशिधारा बिच सडक पहिरोले अवरुद्ध हुदाँ समस्या भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरिक्षक महेश बस्नेतले जानकारी दिएका छन ।

स्टेचरमा बोकेर प्रहरी र सश्स्त्र प्रहरी २५ जनाको टोलीले उद्धार गरी मुगु जिल्लाको गमगडी तर्फ ल्याउदैँ गरेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।