हुम्ला– खार्पुनार्थ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमालको शव २२ दिनपछि भेटिएको छ । असार ३ गते मंगलबार खार्पुनाथ गाउपालिका ५ को बेडुबीसुना जिउला र कैल्याबालु स्थित जीप दर्घटना बेपत्ता हुदा बेपता भएकी हमालको शव आज बुधबार भेटिएको हो ।
सर्केगार्ड गाउँपालिका ३ स्थित नागरा कर्णाली नदीको किनारमा भेटिएको शव उपाध्यक्ष हमालको भएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिएका छन ।
उपाध्यक्षका श्रीमान धिरेन्द्र शाही र खार्पुनाथगाउँपालिका अध्यक्ष कर्ण रावल लागायतका आफान्तले पहिचान गरेपछि उपाध्यकै भएको पृष्टि भएको प्रजिअ ढकालले बताए ।
शव भेटिएको सूचना पाएर सर्केगार्ड गाउँपालिका पुगेको प्रमुख जिल्ला अधिकारी ढकाल र जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तिमगर हेलिकप्टरबाट त्यसतर्फ पुगेका थिए ।
असार ३ गते सिमकोट देखि यांचुकुनातर्फ जाँदै गरेको जीप खार्पुनाथ गाउँपालिकाको बेडुबिसौनामा दुर्घटना हुँदा उपाध्यक्ष सिन्धु शाही हमाल सहित ११ जना अहिले सम्म कर्णाली नदीमा बेपत्ता भएका छन
"
कर्णाली रैवार संवाददाता । २५ असार २०७६, बुधबार १८:०२