हुम्लामा जिप कणाली नदिमा खस्यो

हुम्ला,४ असार ।  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका  स्थित च्याछणा भिरबाट जीप कर्णाली नदीमा खसेको छ।

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछणास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले  जानकारी दिए।  भिरमा उकालो चढ्दै गरेको जीप भिरबाट कर्णाली नदीमा खसेको हो। उक्त दुर्घटनामा चालक हाम फालेर बच्न असफल भएको प्रहरीले जनाएको छ। उनलाइ जिपले लछारेर लिंदा केही बेरमा मुर्तु भएको बुझिएको छ ।

उकालोमा जीपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएका कारण अन्य मानवीय क्षति नभएको बताइएको छ ।

जीपमा चालकसहित १३  सवार थिए। जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन्। उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।