ड्युटीमा बसेका प्रहरी हवलदारको मृत्यु

जिल्ला प्रहरी कार्यालयमा ड्युटी बसेका प्रहरी हवलदार दैलेख नारायण नगरपालिका १ घर भएका ३२ वर्षीय चन्द्रबहादुर खडकाको शनिबार मृत्यु भएको छ ।

ड्युटी बसेको बेला बिहान ९ बजेर ३० मिनेटमा एक्कासी उनको मृत्यु भएको जिल्ला प्रहरी  कार्यालय हुम्लाका नायव उपरीक्षक रामबहादुर घर्तिमगरले जानकारी दिए । हृदयघातले मृत्यु भएको हुन सक्ने सम्भावना रहेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।

प्रहरी हवालदारको ११ बजेर ३० मिनेटमा मृत्यु भएको घोषणा गरिएको छ । मृत्युका भएका हवालदारको लाश जिल्ला अस्पताल हुम्लाको शव गृहमा राखिएको छ ।

#जिल्ला प्रहरी कार्यालय