गाउँपालिकाद्धारा २५ प्रतिशत बजेट शिक्षामा लगानी

मिगुर लामा  हुम्ला– जिल्लाका गाँउपालिकाद्धारा चालु आर्थिक बर्षमा कुल बजेटको २५ प्रतिशत भन्दा बढी बजेट बिनियोजित गरेका छन् । जिल्लाका ७ गाउँपालिका मध्ये ६ वटा गाउँपालिकाको बार्षिक बजेट हेर्दा एक चौथाई बजेट शिक्षा क्षेत्रमा लगानी गरेको देखिएको हो ।

जिल्लाको ७ स्थानीय तह मध्ये ६ स्थानीय तहको आर्थिक बर्षको बजेट एक अर्ब ४७ करोड ७८ लाख ५७ हजार ७५९ रुपियाँ बिनीयोजित भएकोमा शिक्षा क्षेत्रका लागि ३७ करोड २४ लाख ४२ हजार अर्थात कुल बजेटको २५ दशमलब २० प्रतिशत मात्र छुट्याइएको छ ।

अधिकाँश शिक्षक, कर्मचारीहरुको तलब, भत्ता, छात्रबृद्धि, पाठ्य पुस्तक खरिद तथा ढुवानीका लागि बिनीयोजित गरिएको छ । यता कुल बजेटको अनुदान शिर्षकमा चार करोड २२ लाख आठ हजार अर्थात दुई दशमलब बाईस प्रतिशत मात्र लगानी गरिएको छ ।

यस हिसाबले स्थानीय सरकारहरुले शिक्षा क्षेत्रमा धेरै बजेट बिनियोजित गरेको भए पनि अनुदान शिर्षकमा बजेट कम रहेको छ । यो गाउँपालिकाको रहर नभएर बाध्यता भएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए ।
कुल बजेट ३४ करोड भएको सिमकोट गाउँपालिकाले शिक्षा क्षेत्रका लागि १० करोड ६० लाख मात्र बिनियोजित गरेको सिमकोट गाउँपालिकाले जनाएको छ । शिक्षा क्षेत्रको बजेट मध्ये पनि १० करोड सर्शत अनुदान र ६० लाख मात्र गाउँपालिकाले अनुदान बजेट छुट्याएको छ ।

यता कुल बजेट १९ करोड ९९ लाख ७५ हजार भएको नाम्खा गाउँपालिकामा शिक्षा क्षेत्रका लागि तीन करोड ८६ लाख पाँच हजार मात्र बिनीयोजित भएको सो गाउँपालिकाका श्रोत जनाएको छ । नाम्खा गाउँपालिका पुजिगत अनुदान २१ लाख मात्र छुट्याइएको छ ।

पुँजीगत अनुदानबाट गाउँपालिकाहरु मध्य सबै भन्दा बढी बजेट छुट्याउने खार्पुनाथ गाउँपालिकाको कुल बजेट २५ करोड ९९ लाख १९ हजारमा छ करोड ८२ लाख ३० हजारमा एक करोड पचास लाख अनुदान बजेट छुट्याएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रबिर शाहीले बताए ।

बजेटबाट नीजि श्रोतबाट पालिएका शिक्षक, बिद्यालय भबन, खेल मैदान, घेरबार, शौचालय निर्माण जस्ता कार्यक्रमहरु तय गरिएको अधिकृत शाहीले बताए ।  यता कुल बजेट ३१ करोड ३० लाख ७५ हजार भएको सर्केगार्ड गाउँपालिकाले ७ करोड ७० लाख बिनीयोजित भएकोमा पुँजीगत अनुदानबाट ६३ लाख ८३ हजार मात्र बजेट छुट्याईएको छ ।

गाउँपालिका धेरै बिद्यालय भएको गाउँपालिका भित्र पर्ने गरेको छ तर पुँजीगत अनुदान भने कम बिनीयोजित भएको छ । त्यसै गरि १८ करोड ९१ लाख ६२ हजार ४९० रुपियाँ बजेट भएको ताँजाकोट गाउँपालिकामा पनि सशर्त अनुदान चार करोड १६ लाख ९१ हजार छ भने गाउँपालिकाले पुँजीगत अनुदान ७७ लाख २५ हजार मात्र बजेट बिनीयोजित गरेको प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले बताए ।

त्यसै गरि कुल बजेट १७ करोड ६० लाख २६ हजार २६९ रुपियाँ भएको अदानचुली गाउँपालिकाले पनि चार करोड सर्शत अनुदान तथा पचास लाख पूँजीगत अनुदानबाट बजेट बिनीयोजित गरिएको अध्यक्ष दल बहादुर फडेराले बताए ।

जनताको माग एकातिर छ शिक्षा क्षेत्रमा पनि लगानी गर्नु पर्ने हो तर बजेटको अभाबले भने जति लगानी गर्न नसकिएको अध्यक्ष फडेराले बताए ।  चंखेली गाउँपालिकाका भने बजेट कति विनियोजित ग¥यो जनाकारीका लागि २ महिला पहिला सुचना गर्दा समेत सुचना दिन मानेन । बजेट हेर्दा स्थानीय सरकारहरुले एक चौथाई बजेट शिक्षा क्षेत्रका लागि ल्याएका छन तर त्यो बजेट अधिकाँस शर्सत शिर्षकको बजेट भएको कारण तोकिएको क्षेत्र बाहेक अन्यमा खर्च गर्न नपाईने शिक्षा बिकास एबं समन्वय इकाई प्रमुख बर्ख बहादुर फडेराले बताए । । यद्यपि बजेट भने धैरै भएको फडेराले बताए ।