हुम्लामा उपभोक्ता समितिको लागि हानथाप

सर्केगाड गाउपालिकामा उपभोक्ता समिति चयन गर्न बसेको बैठक निष्कर्ष विहिननै टुंगिएको छ।

रतन बहादुर रावत

हुम्ला– मंगलबार सर्केगाड गाउँपालिका वडा नम्बर १ तुम्चमा उपभोक्ता समितिका लागि हानथाप भएकाे छ ।

वडा सदस्य उब्जन मल्लकाे अध्यक्षतामा बसेकाे बैठकले तुम्च सिचाइ याेजनाकाे लागि उपभोक्ता समितिका लाग हानथाप गरेकाे पाईएकाे छ ।

याेजनाकाे नाम तुम्च भनिएकाे तर ठाउँकाे नाम नताेकिएकाे हुदाँ तुम्च बाहुनबाडा र तुम्च छत्यालबाडाका स्थानीयबासीहरू एकआपसमा विवाद हुदाँ निष्कर्ष विहिन टुंगिएको छ ।

०७५ सालमा पनि यस्तै तुम्च सिचाई ४० लाखकाे याेजनामा बीस-बीस लाख बाँडेर काम गराएकाे थियाे।  हाल १५” लाखकाे याेजना पनि उस्तै समस्या हदाँ विवाद चुलिएको छ ।